लेखक दीपेन्द्रराज तिम्सिनालाई मरणोपरान्त ‘नगर श्रष्टा सम्मान’ प्रदान गरिने

लेखक दीपेन्द्रराज तिम्सिनालाई मरणोपरान्त ‘नगर श्रष्टा सम्मान’ प्रदान गरिने

दीपेन्द्रराज तिम्सिनालाई मरणोपरान्त ‘नगर श्रष्टा सम्मान’ प्रदान गरिने भएको छ।

पथरी शनिश्चरे नगरपालिकाअन्तर्गतको कला साहित्य प्रवर्द्धन समितिले नगरमा सबैभन्दा बढी १४ वटा पुस्तक प्रकाशित गरी साहित्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै तिम्सिनालाई सम्मान गर्न लागेको जनाएको छ। समिति अध्यक्ष धनराज राई अमीरका अनुसार सम्मानस्वरूप २५ हजार रुपैयाँ नगद, मुहारचित्र, दोसल्ला तथा सम्मानपत्र प्रदान गरिनेछ।

साहित्य तथा खोजमूलक पुस्तक लेखनमार्फत राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सफल तिम्सिनाको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको आयोजकले जनाएको छ। उक्त सम्मान ‘सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम’का अवसरमा जेठ १६ गते प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

गत फागुनमा तिम्सिनाको निधन भएको थियो ।

https://pradeshdainik.com/2026/03/43019.html

सम्बन्धित खवर