रहेनन् खोजकर्ता तिम्सिना

रहेनन् खोजकर्ता तिम्सिना

पथरी, मोरङको पथरीशनिश्चरेका लेखक तथा खोजकर्ता दिपेन्द्र तिम्सिनाको निधन भएको छ। उहाँको निधनले स्थानीय साहित्यिक तथा बौद्धिक क्षेत्रमा शोकको छायाँ परेको छ।

पारिवारिक स्रोतका अनुसार केही समयदेखि अस्वस्थ रहँदै आउनुभएका तिम्सिनाको उपचारका क्रममा निधन भएको हो। अचानक प्रेसरको समस्या भएपछि काठमाडौँ स्थित काठमाडौँ मेडिकल कलेजमा उपचाररत् तिम्सिनाको हिजो साँझ निधन भएको हो ।

तिम्सिना पथरीशनिश्चरे क्षेत्रमा साहित्य, इतिहास तथा स्थानीय विषयवस्तुमा अनुसन्धान गर्दै आएका सक्रिय स्रष्टाका रूपमा परिचित हुनुहुन्थ्यो। तिम्सिनाले हालसम्म “इतिहासमा पथरीशनिश्‍चरे”, “माइखोलादेखि पुनर्वाससम्म” लगायतका दर्जनजति आफ्ना लेख, अनुसन्धानमूलक सामग्री प्रकाशन गरिसक्नुभएको छ । स्थानीय समाज, संस्कृति र इतिहास संरक्षणमा उहाँको महत्वपूर्ण योगदान रहेको सहकर्मीहरूले बताएका छन्।

उहाँको निधनप्रति साहित्यकार, शिक्षक, सामाजिक अगुवा तथा स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। दिवंगत तिम्सिनाको अन्त्येष्टि कार्यक्रम सम्बन्धी विवरण भने परिवारले पछि सार्वजनिक गर्ने जनाएको छ।

यस नगरकै उच्च स्रष्टा, खोजकर्ता तिम्सिनाप्रति भावपूर्ण श्रद्धाञ्‍जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।

सम्बन्धित खवर