पथरी, मोरङ
पथरी जेसीजको आयोजनामा जारी ‘पथरी जेसीज सप्ताह’को दोस्रो दिन आयोजित ब्याडमिन्टन तथा पञ्जा लडाईँ (आर्म रेस्लिङ) प्रतियोगिता सम्पन्न भएको छ। पथरीशनिश्चरे–१० स्थित ब्याडमिन्टन हलमा आयोजित प्रतियोगिता ‘मिस्टर प्रकाश मेमोरियल’ अन्तर्गत सञ्चालन गरिएको थियो।
ब्याडमिन्टन प्रतियोगिताको नतिजा
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सनम मगर ‘म्यान अफ दि टुर्नामेन्ट’ घोषित भए भने मौषम लिम्बूले ‘कक च्याम्पियन’को उपाधि हात पारे।
त्यसैगरी, डबल्स स्पर्धामा नवराज कार्की र डबल गुरुङको जोडी प्रथम भएको छ। प्रतिस्पर्धामा बीरदत्त पन्त र सुमन राईको जोडीले द्वितीय स्थान हासिल गर्यो।
पञ्जा लडाईँ (आर्म रेस्लिङ) को नतिजा
विभिन्न तौल समूहमा खेलाइएको पञ्जा लडाईँ प्रतियोगितामा खेलाडीहरूबीच रोचक भिडन्त भएको थियो।
-
५५ देखि ६५ केजी समूह: मन्दिप राई प्रथम, सरन चौधरी द्वितीय र करन स्वरेन तृतीय भए।
-
६५ देखि ७५ केजी समूह: दीप्जल उप्रेती प्रथम, दर्पन लावती द्वितीय र मन्दिप राई तृतीय स्थान प्राप्त गर्न सफल भए।
-
८० देखि ८५ केजी समूह: मौषम लिम्बू प्रथम, दर्पन लावती द्वितीय र दीपेन्द्र चौहान तृतीय भए।
‘लागुऔषधलाई नाइँ भनौं’ (Say No to Drug) भन्ने मूल सन्देशका साथ आयोजित उक्त कार्यक्रम हाम्रो फाउन्डेसन र पथरीशनिश्चरे ब्याडमिन्टन क्लबको सहकार्यमा सम्पन्न भएको थियो। प्रतियोगिताको संयोजन जेसी विशाल बर्देवा र जेसी आकाश राईले गर्नुभएको थियो। समापन समारोहमा विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।







