मोरङ, लेटाङका विवके राईले सरकारलाई सहगयोग गर्ने नयाँ जुक्ति निकालेका छन् । लेटाङमा सस्तो म: म खाजा घर सञ्चालन गरिरहेका राईले म: म खाएर क्युआरमा भुक्तानी गरेमा सिधै सरकारको राहत कोषमा जम्मा हुने व्यवस्था मिलाएका छन् ।
आफ्नै व्यावसायबाट सरकारलाई सहयोग गर्ने उद्देश्यले राई चलाएको यो अभियान एक हप्तासम्म चल्ने राईले बताएका छन् । राईले आफ्नो पसलको क्युआर हटाएर अहिले प्रधानमन्त्री राहत तथा उद्दार कोषको क्युआर राखेका छन् । सरकारलाई विपत्तीमा सहयोग गर्ने यो फरक अभियानले यतिबेला चर्चा पाइरहेको छ ।
रसुवा लगायत विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला निजी व्यवसायबाट सुरु गरिएको यस्तो अभियानले सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। सञ्चालक राईले अभियानमा सहभागी भई म: म खाएर पनि राहतमा योगदान गर्न सबैलाई आग्रह गरेका छन्।







