टेन नबोदय फुटबल: युकेशको निर्णायक गोलमा भुटानिज एफसी विजयी

टेन नबोदय फुटबल: युकेशको निर्णायक गोलमा भुटानिज एफसी विजयी

पथरीशनिश्चरे — मोरङको पथरीशनिश्चरे १० स्थित प्रस्तावित पथरीशनिश्चरे रंगशालामा जारी प्रथम टेन नबोदय नक आउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा भुटानिज एफसी विजयी भएको छ।

​भुटानिज एफसीले सुनसरीको तालतलैया ब्वाईज एफसीलाई १-० को गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेको हो।​खेलको नभुटानिज एफसीका लागि युकेश तामाङले गरेको गोल नै खेलको निर्णायक गोल साबित भयो। प्रतिस्पर्धात्मक खेलमा तालतलैया ब्वाईजले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।

निर्णायक गोलकर्ता युकेश म्यान अफ दि म्याच घोषित भए ।बिजेताले ५० हजार नगद र उपबिजेताले २५ हजार नगद प्राप्त गर्ने छ ।

सम्बन्धित खवर