भुर्तेल बन्धु समाज नेपाल, कास्कीको नवौं साधारण सभा तथा पाँचौं अधिवेशनले वीरेन्द्रराज भुर्तेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। शुक्रबार सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दुर्गा शर्मा भुर्तेल, सचिवमा चिरंजीवी भुर्तेल, सहसचिवमा गंगा ओझा भुर्तेल तथा कोषाध्यक्षमा विष्णुप्रसाद भुर्तेल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सूर्यप्रसाद, कलिङ केसी भुर्तेल, दीपक, विनोद, पुष्पा र कृष्ण चयन भएका छन्।
अधिवेशनको उद्घाटन पूर्व प्रमुख जिल्ला अधिकारी कृष्णमणि भुर्त्यालले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गर्ग गोत्रीय ऋषिद्वारा भगवान रामका पुत्र लव–कुशको न्वारन गरिएको ऐतिहासिक प्रसंग उल्लेख गर्दै समाजको एकता र सांस्कृतिक पहिचानको संरक्षणमा जोड दिए।
कार्यक्रमका अवसरमा समाजमा विभिन्न ढंगले योगदान पुर्याउने व्यक्तित्वहरू सचिन भुर्तेल, रिवाज भुर्तेल, सीए दीपक भुर्तेल, राधाकृष्ण भुर्तेल, सीता भुर्तेल, दीपक भुर्तेल, जगन्नाथ ओझा, सोमराज भुर्तेल र भोजराज भुर्तेललाई सम्मान गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज भुर्तेलले समाजलाई थप सशक्त, एकीकृत र सक्रिय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।






