राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक जित, काठमाडौं उपत्यकामा ‘क्लिन स्विप’

राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक जित, काठमाडौं उपत्यकामा ‘क्लिन स्विप’

हालै सम्पन्न निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय जित निकाल्दै नयाँ राजनीतिक रेकर्ड कायम गरेको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा सबैभन्दा बढी मत प्राप्त गर्दै पार्टीले देशभर आफ्नो प्रभाव विस्तार गरेको देखिएको छ। रास्वपाले प्रत्यक्षतर्फ ५७.७६ प्रतिशत र समानुपातिकतर्फ ४७.८ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा बढी जनसमर्थन हासिल गरेको दाबी गरिएको छ।

प्रतिनिधिसभाका २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले करिब १८२ सिट जित्दै दुई तिहाइ नजिकको बहुमत हासिल गरेको छ। त्यस्तै, पार्टीले ४० जिल्लामा ‘क्लिन स्विप’ गर्दै उल्लेखनीय सफलता हात पारेको हो।

प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशका ३२ मध्ये ३० क्षेत्रमा र बागमती प्रदेशका ३३ मध्ये ३१ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। यसैगरी काठमाडौं उपत्यकामा पनि पार्टीले क्लिन स्विप गर्दै सबै क्षेत्रमा जित हासिल गरेको उल्लेख गरिएको छ। गण्डकी प्रदेशका ८ जिल्लामा पनि पार्टीले क्लिन स्विप गरेको दाबी गरिएको छ। व्यक्तिगत मतका हिसाबले बालेन्द्र शाहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् भने भक्तपुरमा नेमकिपा गढ भत्किएको उल्लेख गरिएको छ।

यस परिणामले नेपाली राजनीतिमा नयाँ शक्ति उदाएको संकेत गर्दै पुराना दलहरूलाई ठूलो चुनौती दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

सम्बन्धित खवर