राष्ट्रपति रनिङ सिल्डको आधारभूत तह १०० मिटर छात्रातर्फ एभरेस्ट सेकेन्डरी स्कुल विजयी

राष्ट्रपति रनिङ सिल्डको आधारभूत तह १०० मिटर छात्रातर्फ एभरेस्ट सेकेन्डरी स्कुल विजयी

स्मृति खेलमा पनि एभरेस्टका नवीन प्रथम

पथरी /पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा तथा पञ्चायत माध्यमिक विद्यालयको समन्वयमा सञ्चालन भइरहेको नगरस्तरीय ७औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा आज भएको दोस्रो दिनको खेलअन्तर्गत आधारभूत तह छात्रातर्फ १०० मिटर दौडमा एभरेस्ट सेकेन्डरी स्कुल (पथरीशनिश्चरे–१) विजयी भएको छ।

एभरेस्ट स्कुलकी सुम्निमा लिम्बू प्रथम भइन् भने न्यु पेगोडाकी प्रकृति आले मगर दोस्रो र सुनाखरी माध्यमिक विद्यालयकी विनिता चौधरी तेस्रो भइन्।

यसैगरी हिजाे भएकाे आधरभूत तहस्तरीय स्मृति खेल (मेमाेरी गेम) मा पनि एभरेस्ट स्कुलका नवीन पाण्डे प्रथम भएकाे आयाेजक समितिले जानकारी दिएकाे छ । स्मृति खेलमा बालजागरण विद्या मन्दिरकी अनुस्का चाैधरी द्वितीय र जनकल्याण आधारभूत विद्यालयकी मिस्मा राइ तृतीय भएकी थिइन् ।

एभरेस्ट सेकेन्डरी स्कुलका प्रिन्सिपल कमल तिम्सिनाले विद्यार्थीको मेहनत र नियमित अभ्यासकै परिणाम आजको सफलता भएको बताउनुभयाे ।
“खेलकुदले अनुशासन र आत्मविश्वास बढाउँछ,” उहाँले भन्नुभयाे, “हामी पढाइसँगै खेललाई पनि प्राथमिकतामा राख्दै आएका छौँ।”

विजयी विद्यार्थीलाइ मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएकाे छ। भाेलिसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कक्षा १ देखि १२ सम्मका विद्यार्थी सहभागी छन्। एथलेटिक्स, भलिबललगायत विधासँगै यस वर्ष पहिलो पटक कबड्डी खेल पनि समावेश गरिएको छ। प्रतियोगिता आधारभूत र माध्यमिक दुवै तहमा सञ्चालन भइरहेको सदस्य सचिव अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयाे ।

नगरभित्रका प्रतिभावान खेलाडी पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रपति रनिङ सिल्डले अहिले पञ्चायत माध्यमिक विद्यालय परिसरलाई खेलमय बनाएको छ।

सम्बन्धित खवर