श्रृङ्खलाबद्ध हत्यापछि चिशंखुगढी–६ का बासिन्दा गाउँ छोड्न थाले

श्रृङ्खलाबद्ध हत्यापछि चिशंखुगढी–६ का बासिन्दा गाउँ छोड्न थाले

 

ओखलढुंगा, ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा भएका श्रृङ्खलाबद्ध हत्याका घटनापछि स्थानीयवासीले थालथलो छोड्न थालेका छन्। असुरक्षाको भय बढेपछि आफन्त हुनेहरूले काठमाडौं र धरानतर्फ जान थालेका हुन्।

स्थानीयका अनुसार पछिल्लो एक महिनाको अवधिमा चार जनाको हत्या भएपछि गाउँमा त्रास फैलिएको छ। सुरक्षाको अभाव महसुस गरेका बासिन्दा दुई–तीन घरका मानिसहरू एकै ठाउँमा जम्मा भएर आलोपालो सुत्न थालेका छन्।

घटनापछि गाउँको जनजीवन प्रभावित भएको छ भने स्थायी शान्ति र सुरक्षा सुनिश्चित गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्। असुरक्षाका बिच आफूहरू बसिरहेकाले स्थाइ सुरक्षाको प्रत्यभूति नभएको भन्दै उनीहरू फागुन २१ गते हुने संसदीय निर्वाचन नै बहिस्कार गरेको जनाएका छन् ।

सम्बन्धित खवर