लेखनाथ फर्निचर एसोसिएसनको अध्यक्षमा रविन सुनार पुनः निर्विरोध

लेखनाथ फर्निचर एसोसिएसनको अध्यक्षमा रविन सुनार पुनः निर्विरोध

लेखनाथ फर्निचर एसोसिएसनको दशौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएसँगै रविन सुनार पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रताप ओझा, सचिवमा मनोज श्रेष्ठ, सहसचिवमा देवी सुवेदी तथा कोषाध्यक्षमा योगेन्द्र सुनार चयन हुनुभएको छ। यस्तै, सदस्यहरूमा अमृत मल्ल, विश्वराज श्रेष्ठ, प्रेम विक, सचिन बानिया र अनमोल शर्मा चयन भएका छन्।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले फर्निचर व्यवसाय स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो।

उहाँले व्यवसायीहरू एकजुट भई साझा समस्या पहिचान गर्दै समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। साथै उद्योग वाणिज्य संघ सधैं व्यवसायीहरूको हित र संरक्षणका लागि साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

साधारण सभामा संस्थापक अध्यक्ष नेत्र पुन, निवर्तमान अध्यक्ष यज्ञबहादुर गुरुङ, वरिष्ठ सल्लाहकार महेश्वर आचार्य, निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष भीमबहादुर नेपाली ‘काइला’ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभेच्छा व्यक्त गर्नुभयो।

वक्ताहरूले एसोसिएसनलाई अझ सशक्त, व्यवस्थित र व्यवसायीमैत्री बनाउन नेतृत्वले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए।

कार्यक्रम एसोसिएसनका अध्यक्ष रविन सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन सचिव प्रताप ओझाले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष सत्येन्द्रकुमार दासले गर्नुभएको थियो।

नवनिर्वाचित अध्यक्ष रविन सुनारले एसोसिएसनलाई व्यवसायीहरूको साझा मञ्चका रूपमा थप सुदृढ बनाउँदै सीप विकास, बजार विस्तार तथा व्यवसायिक हकहित संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले फर्निचर व्यवसायलाई व्यवस्थित, प्रतिस्पर्धी र दिगो बनाउन सबै सदस्यहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

सम्बन्धित खवर