पथरी
वर्खा याम लागेपछि पथरी–डाइनिया सडक हिँड्दा यात्रुलाई लाग्छ, उनीहरू यमराजकै मुखतिर उन्मुख छन् । पहिल्यौ पक्की सडकको रूपमा चिनिएको यो मार्ग हरेक वर्षाको मौसममा यहाँका यात्रुहरुको दुःखको पर्याय बनेको छ ।
पथरी बुद्धचोकदेखि सुनवर्षी नगरपालिका–७ स्थित डाइनिया बजारसम्म फैलिएको २२ किलोमिटर लामो यो सडक खण्डको अवस्था अहिले अत्यन्तै जिर्ण छ । भत्किएको कालोपत्रे, ठुला ठुला भौडी र विभिन्न स्थानमा जमेको पानीले सवारीसाधन मात्रै होइन, पैदलयात्रुहरु लाई समेत हैरान बनाएको छ ।
कुनै बेला कालोपत्रे गरिएको यस सडकको अधिकांश भाग अहिले भत्किएर खाल्डा–खुल्डीमा परिणत भएको छ । हिजो आज त हिँड्नै नसकिने भएको छ पथरीशनिश्चरेका रुद्रमणी सिटौलाको कथन छ , सिटौला भन्छन् ‘हिजो आज यो सडकको यात्रा गर्न गाह्रो छ’ ।
जव पानी पर्न थाल्दछ तव यो सडकमा बनेका खाल्डा खुल्डीमा पानी जम्लछ कतिपय स्थानमा त पक्की सडकको नामोनिसान नभएपछि माटो नै दलदल बन्न थालेको छ । दशै तिहार सम्म यो समस्या हुने स्थानिय सुमन गिरी बताउछन् । यो सडक कहिले बन्छ भनेर मुख ताक्नेको मात्रै संख्या थपियो सडक बनाउन कसैको चासो भएन गिरीको आक्रोस छ । पथरीशनिश्चरेको २ नम्वर वडाले आफ्नो वडामा पर्ने भुभाग भने कालोपत्रे गरेको छ । पथरीको ३,७,५ र ६ नम्वर वडा र अन्य सुनवर्षीको वडाहरुलाई यो सडकले जोडने गरेको छ । पानी जमेर सडक खोला झैँ देखिन्छ। साना बालबालिका, वृद्धबृद्धालाई त सामान्य हिँडडुल गर्न समेत धौधौ पर्ने अवस्था छ स्थानिय यो सडकमा अटो संन्चालन गर्दै आएका भगिमान लिम्बुको भनाई रहेको छ ।

सडकको छेउछाउ घर भएका स्थानीय बासिन्दाहरूको समस्या पनि यो सडकमा यात्रा गर्ने यात्रुको भन्दा ठुलो छ । सडकमा पानी जमेर दुर्गन्ध फैलने समस्या मात्र नभई दुर्घटना र स्वास्थ्य जोखिमसमेत थपिएको छ । वर्खा याममा हिलोले सडक हिडी सक्नु हुदैन भने अरु बेला धुलोले स्थानियलाई समस्या बनाएको छ । हसहन्दका द्रोणजंंग बस्नेतका का अनुसार स्थानिय समेत सडक दुर्घटनामा पर्ने गरेका छन् । अन्य बेला घुलोले गर्दा स्वास प्रश्वासका विरामी वडने गरेका छन् ।
यस सडकको स्तरोन्नति र मर्मतका लागि पटक–पटक आवाज उठाइए पनि न सरकार गम्भीर देखिन्छ, न त स्थानीय तहले चासो लिएको अनुभूति हुन्छ । स्थानिय सरकारलाई पटक पटक भने पनि सुनुवाइ भएको छैन् गिरीको भनाई रहेको छ । यहि सडकलाई हरेक पटक चुनावी मुद्धा बनाएपनि अहिले सम्म यो सडकखण्ड पुर्ननिर्माण हुने छकछन्द नभएको हसहन्दका रमेश कार्की बताउछन् ।

अघिल्लो पटक नै मन्त्रि भएका भानुभक्त ढकाल र मिनेन्द्र रिजालले आफ्नै पालामा सडक चिल्लो बनाउने बताएका थिए । सो पछि निर्वाचित भएका सुनिल शर्मा र ऋषिकेश पोख्रेलले समेत यो सडक निर्माण चाडै हुने आश्वसन बाडन छोडेका छैनन् ।
पथरीशनिश्चरेका प्रमुख मोहन प्रसाद तुम्वापो पनि यो सडक आफ्नै कार्यकालमा निर्माण हुनेमा आशावादी छन् । तुम्वापोका अनुसार सडक गतीलो नहुदा दैनिक स्थानियको गुनासो सुन्नु परेकाले पटक पटक पहल गरेपनि सरकार वाट बजेट नछुटिदा समस्या भएको स्विकार गर्छन् । यस पटक बजेट विनियोजन भएको छ चाडौ ठेक्का लागे समस्याको समाधान हुन्छ तुम्वापोले भने ।

दैनिक हजारौं यात्रु र सवारीसाधन यस सडक भएर आवतजावत गर्छन् तर सडकको खराब अवस्थाले दुर्घटनाको जोखिम बढेको छ । कतिपय अवस्थामा एम्बुलेन्स तथा बिरामी बोकेको गाडी समेत फस्ने गरेका छन् । सडक साधुरो भएको र भएको पक्कि संरचना समेत भत्किएकाले सवारी चलाउन समस्या भएको सवारी चालकहरुको गुनासो रहेको छ ।

पथरी डाइनिया सडक मात्र होइन, यस्तो अवस्था देशभर धेरै स्थानमा दोहोरिएको छ । तर समस्या समाधानका लागि ठोस योजना र कार्यान्वयनको अभाव देखिन्छ । अस्थायी मर्मतले काम चल्दैन, अब यो सडकको दीर्घकालीन योजनामा ध्यान दिनु आवश्यक देखिन्छ ।

यहाँको सडकको दुर्दशा केवल पूर्वाधारको क्षय होइन, यो राज्यप्रति नागरिकको भरोसा गुमाउँदै गएको संकेत हो। अब पनि सम्बन्धित निकाय गम्भीर भएनन् भने यात्रुरूलाई यमराजको मुख होइन, साँच्चैको दुर्घटना र मृत्युको मुख जस्तो यात्रामा जानुपर्ने अवस्था आउन सक्छ ।







