लेटाङ न्यायिक समितिको तेस्रो चौमासिक समीक्षा सम्पन्न

लेटाङ न्यायिक समितिको तेस्रो चौमासिक समीक्षा सम्पन्न

लेटाङ, लेटाङ नगरपालिकाको न्यायिक समितिद्वारा आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक कृष्णकुमारी निरौलाको अध्यक्षतामा शुक्रबार नगरसभाहलमा सम्पन्न उक्त कार्यक्रममा सबै वडाका वडा मेलमिलाप संयोजक तथा मेलमिलापकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो।

समीक्षा कार्यक्रममा संयोजक निरौलाले चालू आर्थिक वर्षको तेस्रो चौमासिक अवधिसम्म समितिमा कुल ९२ वटा उजुरी दर्ता भएको जानकारी गराउँदै तीमध्ये ८८ वटा उजुरी समाधान भइसकेको बताइन्। स्थानीय तह सञ्चालन तथा व्यवस्थापन ऐन २०७४ को दफा ४७ को उपदफा १ अनुसार ५३ वटा र उपदफा २ अनुसार ३९ वटा उजुरीहरू दर्ता भएका थिए।

कार्यक्रममा न्यायिक कार्यहरूको समग्र समीक्षा गर्दै सवल पक्ष, समस्या, चुनौती तथा सुधारका सम्भावनाहरूमा समेत विस्तृत छलफल भएको थियो। सहभागिहरूले न्यायिक समितिको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन सुझाव र आफ्नो अनुभव साटेका थिए।

सम्बन्धित खवर