रोपेको खेतमा धाँजा फाट्यो, पानी नपर्दा किसानलाई पीर

रोपेको खेतमा धाँजा फाट्यो, पानी नपर्दा किसानलाई पीर

अर्जुन काफ्ले, मोरङ

लगातारको खडेरी र सिँचाइको अभावका कारण मोरङको हसन्द क्षेत्रका किसानको खेतमा धाँजा फाटेको छ। धान रोपिसकेपछि पानी नपर्दा खेत सुक्दै गएका छन्, जसले गर्दा बिउ उम्रन नपाउँदै सुक्न थालेको छ।

स्थानिय किसान द्रोणजंग बस्नेतका अनुसार खेतको माटो चिराचिरा भएको छ र रोपिएको धानको बिउ मर्न थालेको छ। किसान बस्नेत भन्छन्, “न पानी परेको छ, न सिँचाइको व्यवस्था, स्थानिय सरकारको ध्यान यता कहिले आउला?”
यस वर्ष समयमा रोपाइँ गरिएको भए तापनि वर्षात नहुँदा उत्पादनमा ठूलो असर पर्ने निश्चित देखिन्छ। सिँचाइका लागि सरकारी अनुदान, नहर मर्मत र समयमै मल बीउ उपलब्ध गराउने व्यवस्था अझै टाढाको कुरा भएको किसानहरूको गुनासो छ।

“सरकार कुन दिन हेर्छ हाम्रो पिर?”
हसन्दका एक किसान भन्छन्, “हामी हरेक वर्ष वर्षामा भर पर्छौं, तर अहिले मौसम धोका दिन थालेको छ। राज्यले विकल्प दिनुपर्छ, होइन भने कृषिमा बाँच्न सकिन्न।”हसन्दह मोरङ जस्ता कृषिप्रधान क्षेत्रको संकट तत्काल सम्बोधन गरिएन भने खाद्य संकट गहिरिन सक्छ।

सम्बन्धित खवर