अर्जुन काफ्ले,पथरीमोरङको पथरीशनिश्चरे नगरपालिका, एक समय केवल ग्रामिण भेग मात्र मानिन्थ्यो । पुर्वी मोरङ्गको यो नगरमा बासोवास हुन थालेको नै ५० वर्ष पुगेको छैन् तर पछिल्ला वर्षहरूमा यहाँको सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिले यस नगरको परिचय बदलिदिएको छ । अब पथरीशनिश्चरे खेलकुदको केन्द्र मात्र होइन, खेल पर्यटनको सम्भावित गन्तव्यका रूपमा पनि चिनिन थालेको छ । यहाँ आयोजना हुने खेलकुद गतिविधीले यहाँ खेलकुदको ‘हब’का रुपमा विकासहुदै गएको छ ।
पछिल्ला दशकमा यहाँ आयोजना भइरहेका विभिन्न फुटबल प्रतियोगिता र क्रिकेट प्रतियोगिताले पथरीशनिश्चरेलाई खेल गतिविधिका साथसाथै स्थानीय पर्यटन प्रवद्र्धनमा समेत जोडिन थालेको संकेत दिएका छन् । ति बाहेक राष्ट्रिय स्तरको बुद्धिचाल र प्रदेश स्तरिय व्याटमिटन खेलले समेत पथरीको पहिचान बडाएका छन् ।
पथरीशनिश्चरेको खेलकुद विकासमा पथरी गोल्डकप फुटबल प्रतियोगिता एउटा ऐतिहासिक प्रयास हो । स्थानीय क्लबहरूको समन्वय, युवाको सक्रियता र नगरपालिकाको सहयोगमा आयोजित यस प्रतियोगिताले नगरको सामाजिक र आर्थिक गतिविधिमा उल्लेखनीय प्रभाव पारेको छ ।
केहि वर्ष अघि विभिन्न कारणले रोकिएको गोल्डकप पुन नयाँ व्यावस्थापनका साथ सुरु भएपछि यसको छुटै चार्म रहने गरेको छ । प्रदेशमा हुने प्रतियोगीतामा चर्चामा रहने प्रतियोगितामा पर्दछ । ए डिभिजन क्लबदेखि प्रदेशका चर्चित क्लब समेत सहभागि हुन्छन् । त्यसो त पछिल्लो पथरीशनिश्चरे गोल्डकपमा भारतिय टिम समेतको सहभागीताले थप चार्म थपेको थियो । फुटबलप्रेमी दर्शकहरूको भिड, राष्ट्रियस्तरका खेलाडीहरूको प्रदर्शन र स्थानीय व्यवसायको चहलपहल यो प्रतियोगिताको विशेषता हो ।
‘खेल अवधिमा स्थानिय व्यापार समेत ह्वातै बड्छ । नगरभन्दा बाहिरका दर्शक खेल हेर्न आउनाले यहाँको व्यापारमा समेत टेवा पुगेको छ’स्थानिय व्यापारी प्रमोद शाहको भनाइ छ । प्रमोदले व्यापार गरेको वर्षै भयो पथरी बजारमा उनको चिया र मिठाइको पसल छ । जाँते मोडमा गोल्डकप हुने भएपछि उनको व्यापार हप्ताभरि भने मज्जाले बडने गरेको छ । जाँते मोडमा रहेको प्रस्तावित पथरी रंगशालामा आयोजना हुने जुनसुकै किसीमका फुटबलका प्रतिष्पर्धामा हेर्ने दर्शको संख्या वडने गर्दछ ।
यस प्रतियोगिताले स्थानीय युवा खेलाडीहरूलाई पनि प्रोत्साहित गर्ने प्लेटफर्म बनाएको छ । यसै प्रतियोगिताबाट अघि बढेका केही खेलाडीहरू अहिले चर्चित फुटबल क्लबमा खेलिरहेका छन् । त्यसो त नगरपालिकाको प्रत्यक्ष आयोजनामा हुने नगर खेलकुद महोत्सब पनि पथरीका खेलाडीको प्रतिभा तिर्खाने माध्यम बनेको छ । दुई संस्करण संन्चालन भएको खेलकुद महोत्सवमा विभिन्न खेल समावेस हुने गरेका छन् । यस वर्ष मात्रै पथरीशनिश्चरेमा पहिलो पटक पौडी र भारतोलन प्रतिष्पर्धा नगर खेलकुद महोत्सवमै सम्पन्न भयो । यो निक्कै गौरवको विषय हो भारतोलनका च्याम्पीयन बनेका पथरीशनिश्चरे जितन राई बताउछन् । ग्रामिण भेगमा प्राय भारतोलनका प्रतिष्पर्धा हुदैनन् विराटनगरमा पनि अक्कलझुक्कल प्रतिष्पर्धा हुने गर्दछन् । पथरीशनिश्चरेमा यो किसीमको प्रतिष्पर्धा हुनु राम्रो हो राईले भने यसका खेलाडीको खोजी गरि निरन्तरता दिनु पर्दछ । नगर भित्रका खेलाडीको खोजी गर्ने र राष्ट्रिय प्रतिष्पर्धामा सहभागीताका लागी आधार निर्माण गर्न समेत खेलकुद महोत्सब महत्वपुर्ण भएको छ ।
पथरीशनिश्चरे–१० मा कञ्चनजङ्घा क्रिकेट प्रतियोगिताको सुरुवातसँगै नगरको क्रिकेट गतिविधिमा नयाँ ऊर्जा थपिएको छ । यस प्रतियोगिता प्रदेशस्तरमा सुरु भए पनि हाल यसमा प्रदेशतथा राष्ट्रियस्तरमा सहभागी खेलाडीहरुको सहभागीता हुन थालेका छन्।
“हामीले प्रतियोगिता आयोजना गर्दा स्थानीय होटल, सवारी, खाजा घर सबैको व्यापार बढेको देख्छौं,“ आयोजकका अध्यक्ष सागर थापा भन्छन् ।
प्रतियोगीता जित्ने टिम मात्र होइन, गाउँ जित्ने, नगर चिनाउने प्रयासमा लागेका क्लबहरू यो प्रतियोगितामा सहभागी हुन्छन्। भिडन्तमा टिमहरू जति जोशिलो देखिन्छन्, त्यति नै आकर्षण दर्शकहरूमा पनि देखिन्छ । यसले स्थानीय खेल जीवन्तता मात्र होइन, नगरको पहिचानसमेत निर्माण गर्न थालेको छ । यो प्रतियोगीतामा नेपाली राष्ट्रिय टिममा रहेका दिपेश कडेल देखी प्रदेशमा प्रभुत्व जमाएका सोनु मण्डल, फिर्दाेस अन्सारी लगायतका खेलाडीले सहभागीता जनाइसकेका छन् । जिरिखिम्ती मैदानमा भएको प्रतियोगीतालाई निरन्तरता दिन आयोजक कञ्चनजंघा दैविक प्रकोप व्यावस्थापन समितीलाई चुनौती छ । स्थानिय खेलकुदलाई माया गर्ने र विदेशमा रहेका स्थानियवासीले आर्थिक सहयोग गरेपछि प्रतियोगीता सम्भव भएको खेल संयोजक छत्र बहादुर कार्की वताउछन् । मैदानको अभाव र भौतिक पुर्वधारको अभावमा समेत क्रिकेट प्रतियोगीता आयोजना गर्नुले थप चुनौती वडेको छ । त्यसो त क्रिकेट प्रतियोगीता आयोजनाले स्थानिय व्यावसायीको व्यापारमा भने केहि आश जगाएको छ । स्थानिय व्यापारीले स–सानो व्यापारलाई केहि दिनलाई भए पनि राहात मिलेको छ । ‘स्थानिय होटलमा चहलपहल भए स्थानिय व्यापारीले चटपटे देखी अन्य खाद्य सामाग्री समेत व्यापार गरे’ अध्यक्ष थापाले भने ‘यसलाई हामीले सकारात्मक रुपमा लिएका छौ’ ।

खेलकुदले पर्यटनलाई जोड्ने सम्भावना
पथरीशनिश्चरे केवल प्रतियोगिता आयोजना गर्ने नगर होइन । यहाँ आसपास घुम्न योग्य स्थलहरू छन् – नगरभित्रैकै भुल्के सिमसार,सिरिजंघा पार्क देखी हरियाली पार्क त्यसो त बेलवारीको वेतना देखी सुनवर्सीको कमल पोखरी र लेटाङ्गको राजराजी आदि गन्तव्य नजिकै छन् । खेलसँगै त्यस्ता स्थानमा जाने खेलप्रेमी र पर्यटकहरूको संख्या बढाउन सकिन्छ । “हामी क्रिकेट खेल्न आएका थियौं, तर भुल्के समेत घुमेर फर्किएको विराटनगर वाट आएका क्रिकेट खेलाडी शिवम् यादवले बताए । पथरी वजार नजिकै ‘रिफेस्मेन्ट’ गर्ने ठाउ भेटदा उत्साहित भएको यादवको भनाई थियो । खेलाडीलाई ‘रिफेमेन्ट’ आवश्यक पर्ने र आयोजकले क्लबहरुको साझेदारीमा यस्ता स्थानको प्रयोग गर्न सक्ने यादवको भनाई रहेको छ । खेल प्रतियोगितालाई केन्द्र बनाउँदै ‘खेल+पर्यटन प्याकेज’ तयार पार्न सकिने सम्भावना उच्च छ । विशेष गरी होमस्टे, होटल, सेवा, रेस्टुरेन्ट, सवारी साधन भाडा व्यवसायले यसबाट प्रत्यक्ष लाभ उठाउन सक्छन् ।
पथरीशनिश्चरे नगरमा आयोजनमा हुने बु्द्धिचाल प्रतियोगीतामा त राष्ट्रिय तथा अन्तराष्ट्रियमा रेटिङ्गका खेलाडी आउने र उनीहरुको उपभोग गर्न सके पथरीशनिश्चरेको पर्यटन र प्रचार प्रशारमा महत्वपुर्ण कार्य हुन सक्ने सरोकार वाला वताउछन् । प्रतियोगीता आयोजना गरिरहेका अध्यक्ष अमिर राईका अनुसार प्रतियोगीताको ‘हाइप’ निक्कै माथी छ यसको उपभोग सवैले गर्नु पर्दछ ।
स्थानीय क्लब र युवाः खेल पर्यटनका आधार
नगरमा क्रियाशील विभिन्न क्लबहरूले केवल प्रतियोगिता मात्र आयोजना गरेका छैनन्, नगरको पहिचानलाई बलियो बनाउने काम पनि गरेका छन् । यी क्लबहरूले युवालाई संगठित बनाउने, सकारात्मक क्रियाकलापमा संलग्न गराउने र समुदायसँग जोड्ने प्रयास गरेका छन् । उनीहरू नै भविष्यका आयोजक, प्रशिक्षक, खेल पत्रकार र टुर गाइड बन्न सक्छन् । युवालाई संगठित गरेका क्लबहरुले तिनै युवालाई भविश्यमा जिविकोपार्जनका लागी गन्तव्य देखाउनु पर्ने देखीन्छ । यहाँ वाट उत्पादित खेलाडीलाई भविश्यमा एकेडमी निर्माण गरेर खेल प्रशिक्षक वा व्यावस्थापकको जिम्मेवारी दिन सकिन्छ । यसले खेलाडीलाई भविश्यमा के गर्ने भन्ने चिन्ता रहदैन पुर्व खेलाडी अर्जुन बस्नेतको विचार छ । बस्नेत केहि वर्ष अघि सम्म पथरी ११ फुटवल क्लवका नियमित गोलकिपर हुन् । उनको ए डिभिजन र वि डिभिजन क्लवमा खेलेको अनुभव रहेको छ । अहिले क्लबको टिम कोचका रुपमा काम गरिरहेका बस्नेत पथरी ११ फुटबल क्लवले सहभागीता जनाउने सवै किसीमका प्रतियोगीतामा खेलाडीलाई अनुभव र स्किल सिकाइरहेका हुन्छन् । खेल पत्रकार र खेलका अन्य क्षेत्रमा समेत पुर्व खेलाडीलाई सहभागी गराउन सके आर्थिक उपार्जन मात्र नभएर खेलाडी व्यावस्थापन समेत गर्न सकिन्छ । पछिल्लो समय मल्टिमिडीयाको स्तर वृद्धि संगै खेलको प्रत्यक्ष प्रशारण गर्ने क्रम बडेको छ । खेलको प्रत्यक्ष प्रशारणमा खेलाडीलाई नै सहभागी गराउने र उनीहरुलाई प्रयाप्त तालिम दिने होे भने थप ससक्त हुने खेल पत्रकार दिप सुवेदीको भनाई रहेको छ । खेल बुझेका पुर्व खेलाडीहरुलाई व्यावस्थीत तालिम दिएर खेल वारे जानकारी दिन सके दर्शकमा समेत त्यस प्रति आकर्षण वडाउन सकिन्छ ।
स्थानीय सरकारको भूमिका र आगामी योजना
पथरीशनिश्चरे नगरपालिकाले पछिल्लो तीन वर्षमा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ । नगर सभा बाट बजेट छुट्याउने, खेल सामग्री वितरण गर्ने, क्लबहरूलाई प्रोत्साहन गर्ने, र मैदान सुधार गर्ने काम भइरहेका छन् । नगरसभा बाटै वार्षिक रुपमा खेलकुद महोत्सव गर्न बजेट विनियोजन भइरहेको पथरीशनिश्चरे नगरखेलकुद विकास समितीका संयोजक दिपक राई वताउछन् । वार्षिक रुपमा खेलकुद महोत्सव हुदै आएको छ । यो वर्ष दोश्रो संस्करणमा फुटबल,क्रिकेट,भलिवल, म्याराथुन,कराते,वुद्धिचाल,पौडी र भारतोलनका इभेन्ट सम्मन्न भए अर्का वर्ष थप खेलकुदका इभेन्ट थप गर्ने योजना रहेको छ राईले भने नगरभित्रका खेलाडीलाई अपनत्व हुने गरि खेलकुदका इभेन्टहरु विभिन्न स्थानमा गरिएको छ । पथरी बजार वाहिरका स्थानमा समेत महोत्सवको चार्म वडाउन खेलकुदका इभेन्ट विभिन्न स्थानमा राखिएको नगर खेलकुद विकास समितीका सदस्य सचिव समेत रहेका नगर शिक्षा शाखा प्रमुख नविन खुलाल वताउछन् । यस पटक करातेको प्रतिष्पर्धा किर्तिपुरमा भएको थियो भने म्याराथुनलाई सोमवारे सुन्दरी चौक सडक खण्डमा राखीएको थियो । भौतिक पुर्वाधारको अभावका वावजुद पनि जिरिखीम्तीमा ड्युज बलमा क्रिकेट प्रतियोगीता लिग आधारमा गरिएको थियो । ड्युज वल प्रयोग रियल क्रिकेट भएकाले त्यसमा खेलाडीलाई अनुभव र पारगत बनाउन पनि ड्युजको प्रयोग गरिएको समितीका सदस्य अनिस लुइटेल वताउन्
नगरपालिका वाट पथरीशनिश्चरे–१ को प्रस्तावित पथरी रंगाशालालाई स्तरीय बनाउने योजना अघि बढाइएको छ । त्यहाँ, दर्शक बस्ने स्थाई प्याराफिट,कार्यक्रम गर्ने मञ्च शौचालय, बाउन्ड्रीवाल बनाउने योजना प्रस्तावित छ । नगरका प्रमुख प्रशाशकिय अधिकृत शशि राई भन्छन्, “पथरी रंगशालाको स्तर उन्नतीका लागी आवश्यक वजेट विनियोजन गर्ने कार्य गरिएको छ यसले यहाका खेलाडीलाई थप स्तरिय मैदानमा खेल्ने मात्रै होइन दर्शकलाई अस्थाइ प्याराफिट वा भुईमै बसेर खेल हेर्ने समस्याको समाधान हुने छ । गत आर्थिक वर्ष रंगशालामा प्याराफिट लगायत कार्यका लागी ५० लाख विनियोजन भएको छ । फुटबल लगायत खेलमा खेलाडी र दर्शकको रुचि बढिरहेका बेला मोरङको पथरी शनिश्चरेका विभिन्न वडाहरुमा खेल मैदान बनाउने लहर चलेको हो । यस कार्यमा स्थानिय वडा अध्यक्षहरु प्रत्यक्ष सहभागी भइरहेका छन् ।
त्यसो त पथरीशनिश्चरेका अन्य ४ मैदान निर्माण र स्तर उन्नतीका चरणमा रहेका छन् । पथरीशनिश्चरे ८मा रहेको बुद्धमावी पछाडीको भुभागलाई स्तरिय खेल मैदान निर्माणका लागी वडा नम्वर ८ले कार्य थालनी गरेको छ । पथरी शनिश्चरे वडा नं. ८ वुद्ध मावीको संगै रहेको होलीलाई सम्याउन थालिएको छ । करिव २ विगाह क्षेत्रफलमा रहेको होली पुर्ने र विरुवा व्यावस्थापन गरी रंगशालाको निर्माणको कार्य सुरु भएको छ ।
अन्तराष्ट्रिय मापदण्डमा बन्न लागेको वडा नं. ८ को खेल मैदाका लागि पथरी शनिश्चरे नगरले १० लाख बजेट छुट्याएको छ । वडा भित्रै खेल मैदान बनाउन जुटेका वडाध्यक्ष कार्कीले चाडै मैदान सम्पन्न गरि प्रतियोगिता गराउने लक्ष्य लिएका छन । वडाध्यक्ष नविन जंग कार्कीले भने, ‘मैदान अभाव पहिले देखि नै खड्किएको थियो, मैदान वनाउ थालियो, उक्त मैदानलाई विद्यालयले समेत प्रयोग गर्न मिल्ने व्यवस्था बनाइएको छ’ ।
स्थानिय पालिका संरचनामा हुनु पर्ने आधार मध्येको एक खेल मैदान पनि हो । तर वडामा मैदान नहुदा खेलाडीले १० किलोमिटर टाढा धाउनु परेको छ । वडाध्यक्ष कार्की भन्छन नगर र वडामा ए र बि डिभिजनका भरपर्दा राम्रा राम्रा खेलाडी भएको कारण वडामा खेल मैदान निर्माणमा जुटेको बताउछन । खेलमैदानको अभाव पुरा गर्न वडा र नगरले गरेको कार्यमा स्थानिय प्रभात सामुदायीक क्लवले साथ दिइराखेको छ । वडाध्यक्ष संगै मैदानमा सम्उाउने काममा लागेका प्रभात सामुदायीक क्लवका उपाध्यक्ष किसन राई भन्छन ‘माटो पुर्ने काम हुदै छ अरु धेरै काम छ त्यस पछि त नियमीत फुटवलको प्रशिक्षण सुरु गर्ने छौ’ ‘मैदान आवश्यक थियो रंगशाला वन्ने भएपछि स्थानिय खेलाडीमा समेत उर्जा भरिएको छ’ ।
पहिलो चरणमा नगरपालिकाले १० लाख रुपयाँ दिएको छ ,वडा वाट समेत वजेट विनियोजन गर्ने र खेलकुदका अन्य विभागवाट समेत वजेत ल्याएर सुविधा सम्पन्न रंगशाला वनाउने सपना छ वडा अध्यक्ष कार्कीको । सोहि अनुसार काम थालिएको छ । जग्गा खरिद गर्न नपरेपछि भौतिक पुर्वाधार विकासमा नै सवै खर्च गरिन लागिएको हो । यसको संरक्षणका लागी स्थानिय प्रभात सामुदायीक क्लवले भुमीका खेल्ने क्लवका अध्यक्ष अमर वहादुर थापाले वताए ।
पहिला पहिला फुटवल र क्रिकेटका ठु–ठुला प्रतियोगिता स्कुलका मैदानमा हुन्थे । पछिल्लो समय विद्यालयका मैदानमा प्रतियोगिता हुदा पठनपाठनमा अवरोध हुन थालेको छ । विद्यालयको मैदान भवन निर्माणमा प्रयोग हुन थालेको र पठनपाठनमा अवरोध नहोस भन्ने उदेश्यले खेल मैदान छुट्टै बनाउन लागेको पथरी शनिश्चरे नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नविन खुलाल बुढाथोकी बताउनु हुन्छ ।
पथरी शनिश्चरेमा विद्यालय बाहिर रहेका खेल मैदान पर्याप्त छैन । पथरी शनिश्चरे १ बजारमा रहेको दिपेन्द्र स्मृती खेल मैदान, २ मा रहेको जयचोक खेल मैदान, १० मा रहेको शिविर खेल मैदानहरु बजार केन्द्रीत रहेका छन । पहिले देखि भएका मैदान व्यवस्थित पार्ने र नयाँ मैदानको निर्माण कार्यमा वडा नं ४ का वडाध्यक्ष लोक किरण न्यौपाने पनि लागि परेका छन । वडा र प्रदेशको लगानीमा पथरीशनिश्चरे ४ मा समेत खेल मैदानको निर्माण सुरु भएको छ त्यसो त ४ नम्वरकै भागीरथ मावीको खेल मैदानलाई समेत सुधारका लागी पहल थालिएको छ । नगरभित्र एक वडा एक मैदानको अभधारणा ल्याए पनि कतिपय वडामा मैदानको अभाव छ । विद्यालयमा खेल मैदानको भर पर्नु पर्ने रहेको छ ।कतिपय विद्यालयले भौतिक क्षती भएको भन्दै खेल मैदान प्रयोग गर्न दिएका छैनन् भने मैदानको विचमा भौतिक निर्माणले मैदान खुम्चिएका छन् । वडाको सक्रियतामा वन्न लागेको सो रंगशालाको पुर्णता पछि मोरङ्गको पथरी शनिश्चरेमा भइरहेको मैदान अभावको समस्यामा केहि हद सम्म समाधान हुने नगर खेलकुद संयोजक राई बताउछन् ।
क्रिकेट मैदानका लागी पथरीशनिश्चरे २ वडाले समेत मैदान तयार गरेको छ । स्ुुन्झोडा खोला नजिकै रहेको अतिक्रमित भुभागलाई खालि गराएर प्रस्तावित क्रिकेट मैदान निर्माण सुरु गरिएको वडा अध्यक्ष नैना राई वताउछन् । गत माघमा वडा अध्यक्ष नैना राई नगर प्रहरी र स्थानिय खेलप्रेमी सहितले वर्षै अघि स्थानिय खेलाडीले प्रयोग गर्दै आएको खेल मैदान अतिक्रमण भएको र सो खेलमैदानलाई साविककै अवस्थामा फर्काउन सफल भएका हुन् । अहिले सो भागलाई क्रिकेट रंगशालाका रुपमा विकास गर्न वडा कार्यालय लागीपरेको छ । वडाको कालापानी नयाँ सुन्झोडा क्षेत्रमा २०४५ साल अघि भएको सार्वजनिक जग्गामा खेल मैदान थियो । स्थानियवासीले खेलमैदान अतिक्रमण गर्दै खेती गर्न थालेपछि खेलमैदानको अस्तित्व संकटमा परेको थियो । मैदान निर्माण कार्यले यहाका खेलाडीमा केहि राहात भने भएको छ ।
क्रिकेट मैदानको अभाव झेलिरहेका पथरीशनिश्चरे नगरका क्रिकेट खेलाडीलाई मिनी साइजमै भएपनि क्रिकेट खेल मैदान बन्नु सुखद पक्ष हो । नगरमा फुटवलका विभिन्न मैदान भएपनि क्रिकेटका लागी मैदान अभाव रहदै आएको छ ।
पथरीशनिश्चरे नगरमा आयोजना हुने क्रिकेट प्रतियोगीता फुटबल मैदानमै आयोजना हुदै आएका छन् । पथरीशनिश्चरेमा चार संस्करणमा पथरीशनिश्चरे प्रिमियर लिग, दुई संस्करणमा सिएम कन्दङ्गवा कप र सात संस्करणमा विरेन्द्रनगर च्यालेन्ज कप प्रतियोगीता संन्चालन भएका छ । यी सवै प्रतियोगीता मैदान अभावमै रोकिएका छ । कति पय वडामा त क्रिकेट प्रशिक्षण गर्ने प्रशिक्षण स्थलको अभावमा खेलाडीले सास्ती भोगीरहेका छन् । तत्काल लम्वाई ७ सय मिटर र चौडाइ १२० मिटर रहने सो खेल मैदानका लागी पुर्वाधार विकास र अन्य प्राविधीक कार्य पछि थप व्यावस्थीत बनाइन लागेको हो ।
खेलकुद प्रशिक्षणका लागी पथरीशनिश्चरेका २ वडाले कार्य सुरु गरेपछि पुराना खेलाडी समेत प्रशिक्षकका रुपमा आवद्ध भएका छन् । वडा नम्वर २ र ८ले नियमित फुटबलका प्रशिक्षण सुरु गरेको छ यता पथरीशनिश्चरे ७ मा क्रिकेट प्रशिक्षणका लागी भौतिक पुर्वाधार विकास गरिएको छ । नेट प्रशिक्षणका लागी स्थाई नेट निर्माण गरिएको स्थानिय खेल प्रशिक्षक पु्कार राई बताउछन् । नगरपालिका र वडाको लागनी र स्थानिय खेलाडीको श्रमदान वाट करिव २ लाख माथीको लगानीमा सो नेट निर्माण गरिएको छ । यसले खेलाडीलाई प्रशिक्षणका लागी सहजता भएको राई बताउछन् । यसरी स्थानिय सरकारले नै खेलाडी उत्पादनका लागी कार्यक्रम ल्याउनु सकारात्मक भएको खेलाडीहरु बताउछन् ।
स्थानिय किर्तिपुर एकेडमीले क्रीकेट प्रशिक्षण समेत गर्दै आएको छ जसमा ४० भन्दा बडि बालबालिकाको नियमित सहभागिता छ । १० बर्ष देखि १६ बर्ष सम्मका बालबालिका नियमित प्रशिक्षणमा सहभागि हुने गरेका छन्। एकेडमी नै संन्चालन गरेर राष्ट्रिय स्तरमा महिला क्रीकेट खेलाडि उत्पादन गर्ने लक्ष्य राखेको छ ।
रैथाने खेल संरक्षणमा चुनौती
रैथाने खेल लोपउन्मुख हुन थालेपछि यसको संरक्षणमा मोरङ्गको पथरीशनिश्चरे ३ नम्बर वडा लागेको छ ।
नयाँ वर्षको अवसर पारेर वडा नम्वर ३ ले एक दिने खेलकुद महोत्सव आयोजना गरेको थियो । सो खेलकुद महोत्सवमा रैथाने खेलहरु भाले जुधाई, डण्डी वियो, बाघचाल देखी लठातान खेललाई प्रतिष्पर्धाका रुपमा समेठिएको थियो ।
रैथाने खेलको संरक्षणमा लागेको ३ नम्वर वडाले यस्ता खेलकुद प्रतियोगीताले रैथाने खेल प्रति नयाँ पुस्ताको अभिरुची वड्ने र ति खेलको संरक्षण हुने वडा अध्यक्ष विजय लिम्बुको भनाई रहेको छ । नयाँ पुस्तामा डिजिटल खेलको कारण विभिन्न शारिरीक समस्या देखिएकाले पनि वडाले रैथाने खेलको लागी विशेश पहल थालेको लिम्वुले जानकारी दिए ।
नयाँ अवधारण वनाएर वडा नम्वर ३ले सुरु गरेको खेलकुद महोत्सवले रैथाने खेल संरक्षणमा कोशेढुङा थप्ने विश्वास खेलप्रेमिले गरेका छन् ।
पथरीशनिश्चरेको खेलकुद अब केवल प्रतिस्पर्धाको कुरा रहेन । यो स्थानीय विकास, युवा परिचालन, र पर्यटन प्रवद्र्धनको संयोजन बनिरहेको छ । पथरी गोल्डकप,नगर खेलकुद महोत्सव, राष्ट्रिय बुद्धिचाल प्रतियोगीता र प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अब केवल ट्रफी जित्ने प्रतियोगीता रहेनन् यी प्रतियोगीताले नगर चिनाउने, पर्यटक भित्राउने, र स्थानीय अर्थतन्त्र उकास्ने अवसर बनेका छन् । यी अवसरलाई नगरका खेलकुद सरोकारवालाले चिनेर त्यस प्रति पनि ध्यान दिनु जरुरी छ । यहाका व्यापारी,व्यावसायीले खेलकुद क्षेत्रमा लगानीको दायरा वडाए भावी दिनमा उनीहरुलाई समेत प्रतिफल प्राप्त हुनेमा कुनै शंका छैन् । भौतिक पु्र्वाधार स्थानिय सरकारको मात्रै सरोकार नभइ आफ्नो पनि भएको अपनत्व गरे यस नगरमा खेल सहित खेल पर्यटनको सम्भावना वडी रहेको छ । स्थानीय सरकार, संघसंस्था, खेलाडी र व्यवसायीहरूको साझा प्रयासले पथरीशनिश्चरे पूर्वाञ्चलको ’खेल पर्यटन हब’ बन्न सक्ने संभावना बलियो देखिन्छ।