पाँचथर विजयी संकटा बाहिरीयो

पाँचथर विजयी संकटा बाहिरीयो

पथरी
विशाल घलानको निर्णयक गोलमा पाँचथर क्लब पाँचथरले संकटा क्लब काठमाडौंलाई दोश्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपमा पराजित गरेको छ । सोमबार पथरी रंगशालामा भएको खेलमा पाँचथरले खेल सुरु भएको दाश्रो मिनेटमै गोल गरेको थियो ।
कर्नर मार्फत आएको गोललाई पाँचथरका कप्तान रोशन आङ्गदेम्वेको हेडलाई दोश्रो वार च्याप्दै विशाल घलानले गोल गरेका थिए । पाँचथरका आषिस चाँपागाई, मौसम लिम्बु र विबेक पौडेल गरेका केहि उत्कृष्ट प्रहारहरु संकटाका गोलकिपर टिकेन्द्र थापाले बचाएका थिए । दोश्रो हाफमा भने खेल केहि तनावग्रत वन्यो । मुख्य रेफ्रि मनिस अघिकारीले दुवै टिमका ६ जनालाई पहेलो कार्ड दिएका थिए ।
त्यस पछि दुवै पक्षले गोल गर्ने अवसर पाए पनि गोल हुन नसक्दा संकटा पहिलो खेलमै घर फर्किन पुग्यो । खेलको म्यान अफ दि म्याच पाँचथरका गोलकर्ता घलान घोषित भए ।
मंगलबारको खेल न्यरोड टिम एन आर टि काठमाडौ र झापा ११ विच हुने छ ।

 

सम्बन्धित खवर