एन आर टि सेमिफाइनलमा ,झापा बाहिरियो

एन आर टि सेमिफाइनलमा ,झापा बाहिरियो

पथरी
नवयु्ग श्रेष्ठ टाइब्रेकरमा चुक्दा मोरङ्गको पथरीमा जारी पथरीशनिश्चरे गोल्डकप वाट झापा ११ बाहिरीएको छ । मंगलबार भएको पहिलो चरणको अन्तिम खेलमा एन आर टि क्लब काठमाडौले झापा ११ लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । निक्कै प्रतिष्पर्धात्मक खेलको निर्धारित समयमा गोल नभएपछि खेलको निर्धारण टाईब्रेकरबाट भएको हो ।
टाइब्रेकरमा झापाका नवयुगको प्रहारलाई एन आर टि का गोलकिपर प्रमिजय गच्छेदारले बचाए । झापाका प्रदिप बुडाथोकी र प्रेम तामाङ्गले मात्रै गोल गरे भने पुजन श्रेष्ठको प्रहार पनि गच्छेदारले रोकेका थिए । एन आर टि का सरोज घिसिङ्ग,सनम लिम्बु,रोहन खडगी र आकाश राईले गोल गर्दा असिम राईको प्रहार झापाका गोल किपर सन्दिप लिम्बुले वचाए । खेलको म्यान अफ दि म्याच एन आर टि का गोलरक्षक गच्छेदार घोषित भए ।
यो संगै पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । पहिलो सेमिफाइनल खेल बुधवार हुने छ । पाँचथर क्लब पाँचथ र सिरहाको सलहेस युवा क्लब विच हुने छ । दोश्रो सेमिफाइनलमा आयोजक पथरी ११ फुटबल क्लब र एन आर टि विच हुने छ ।

 

सम्बन्धित खवर