पथरी, डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब दोश्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरिएको छ । मोरङको पथरी स्थित पथरी रंगशालामा शनिवार भएको खेलमा ब्रिगेड आयोजक पथरी ११ फुटबल क्लवसँग १–० गोल अन्तरले पराजित हुदै बाहिरिएको हो ।
पथरीका लागि निर्णायक गोल मिक्चेन दासले गरे । सनम धिमालको क्रस बललाई सौर्य राउतले निकालेको पासमा दासले ब्रिगेडका गोलकिपर सौरब कार्कीलाई बिट गर्दै जाली चुमाउदा घरेलु दर्शक उत्साहित बने । पहिलो हाफ अघि निक्कै सुस्त रहेको खेल दोश्रो हाफ पछि दुवै टोलीले आक्रमक खेलेपनि गोल नहुदा पथरी ११ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच गोलकर्ता दास घोषित भए । सोमवार संकटा क्लब काठमाडौ र पाँचथर क्लब पाँचथर बिच हुने छ । पथरी–११ फुटबल क्लबको आयोजनामा भएको गोल्डकपको बिजेताले नगद ५ लाख र ट्रफि प्राप्त गर्ने छ भने उपबिजेताले २ लाख ५० हजारमा चित्त बुझाउने छ । नेपाल र भारतका गरि ८ टोलीको सहभागीता रहेको गोल्डकप कार्तिक २२ सम्म सञ्चालन हुने छ ।







