मोरङ, मोरङको पथरी शनिश्चरे—१ स्थित पथरी बहुमुखी क्याम्पसमा आज फागुन २४ गते चुनावी सभा हुँदैछ ।
सभामा अध्यक्षका लागि चारजनाको उमेद्वारी परेको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्षमा पथरीशनिश्चरे नगरका पूर्व नगर प्रमुख दिलिप कुमार राई, निवर्तमान क्याम्पस सञ्चाक अध्यक्ष राम कुमार बस्नेत, क्याम्पस सञ्चालक समिति पूर्व अध्यक्ष दीनानाथ तिम्सिना, निवर्तमान उपाध्यक्ष माधव कोइरालाको उमेद्वारी परेको छ ।
मनोनयन दर्ता गरिसकेर पनि सहमतिका लागि पटक पटक छलफल भइरहेका छन् तर त्यसले मूर्त रुप लिन नसकेपछि नेकपा एस, नेकपा माओवादी, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त रुपमा प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् । अन्य उमेद्वारहरूको भने अहिलेसम्म टीम सार्वजनिक गरिएको छैन् ।

११ जना निर्वाचित हुनेमा ३१ को उमेद्वारी
त्यसैगरी ७ जना खुल्ला सदस्यका लागि १६ जनाले उमेद्वार दिएका छन् । उमेद्वारी दिनेहरुमा ईश्वरी साप्कोटा, उपेन्द्र कंडेल, उमानाथ अधिकारी, कृष्णप्रसाद उप्रेती, खगेन्द्रप्रसाद लुइटेल, खेमनाथ ढुङ्गेल, गंगाप्रसाद साम्बा, टंकप्रसाद भण्डारी, टीका तामाङ, तुलशीराम ढकाल, देवराज भण्डारी, प्रेम ढकाल, बाबुराम दाहाल, बुद्धिनाथ अधिकारी, भगतचन्द्र थपलिया र युवराज बास्कोटा रहेका छन् ।
त्यसैगरी ३ महिला सदस्यका लागि ५ जनाको उमेद्वारी परेको छ । अनिता राई, अरुणा राई, दुर्गादेवी दंगाल, निर्माला चौहान, बिन्दादेवी राईको मनोनयन परेको छ ।
लेखा समिति संयोजकमा मिनबहादुर ठकुरी, मोहनकुमार श्रेष्ठको उमेद्वारी परेको छ । दुई लेखा सदस्यहरमा चिरञ्जीवी गौतम, तुलशी खनाल, राजकुमार विक र सुरेश न्यौपाने गरेर ४ जनाको उमेद्वारी परेको छ ।
क्याम्पस सञ्चालक अर्थात मतदाता ४०७ जनाको नामवली प्रकाशन भएको छ । सर्वसहमति हुन नसकेपछि आज फागुन २४ गते मतदानहुने निर्वाचन समिति संयोजक अर्जुन बुढाथोकीले बतानुभयो ।
क्याम्पसको अवस्था खस्कंदो
निर्वाचनमा होडबाजी भएपनि पथरी क्याम्पसमा बर्षेनी विद्यार्थी संख्या भने घट्दो रहेको छ । पथरी बजारमै अर्को निजी क्याम्पस खुल्नु, आन्तरिक किचलो, यातायात लगायतको सुविधा नहुनु ।
विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी रुखमा बाँधेर रमिता देखाउने लगायतको कार्यले विद्यार्थी घट्दै गएको छ । पथरीशनिश्चरे नगरपालिकाको वार्षिक १५ देखि २० लाख अनुदान रोकिए क्याम्पस धारासायी बन्ने अवस्था रहेको छ । केही वर्ष अघि टनाटन विद्यार्थी भएको क्याम्पसमा स्ववियुको अघिल्लो निर्वाचनको बेला ६ सय भन्दा बढी विद्यार्थी थिए । यस वर्ष ५ सय रहेको क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले बताए ।
पथरी बहुमुखीमा निर्वाचनका बेला सबै पार्टीका आआफ्नै ब्यानर टांगिन्छन् तर क्याम्पसको अवस्था भने दिनानुदिन खस्किरहेको छ । व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायमा स्नातकोत्तर चलिरहेको भएता पनि विद्यार्थी संख्या न्यून छ । निर्वाचनमा जति प्रतिवद्धता र आस्वासन दिए पनि काम भने उहि खोक्रो आस्वासन मात्रै हो ।



 
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



