सहिद दिवसमा पथरीमा दिप प्रज्वलन

सहिद दिवसमा पथरीमा दिप प्रज्वलन

पथरी
नेपाल खेलकुद महासंघ पथरीशनिश्चरे नगरकमिटीको आयोजनामा पथरीको रत्नचौकमा रहेको सहिद रत्नकुमार बान्तावा स्मारकमा दिप प्रज्वलन गरेको छ । सो अवसरमा सहिद रत्न कुमार वान्तावा लगायत देशको व्यवस्था परिर्वतनका लागि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदको सम्झनामा सो कार्यक्रम गरिएको हो ।

दिप प्रज्वलन अघि स्मारकको सफाइ तथा स्मारकमा पहिला राखिएको नेपालको राष्ट्रिय झण्डा पुरानो भएकाले नयाँ झण्डा राखिएको थियो ।  सो कार्यक्रममा पथरीशनिश्चरेका नगरप्रमुख मोहन तुम्वापो, पुर्व नगरप्रमुख दिलिप कुमार राई, नेपाल खेलकुद महासंघका जिल्ला अध्यक्ष सितल राया, नेकपा एमाले पथरीशनिश्चरे नगर अध्यक्ष रमेश दाहाल, वडा अध्यक्ष नविन जंग कार्की लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन महासंघ नगर सचिव अर्जुन काफ्लेले गरेका थिए भने अध्यक्षता महासंघ नगर अध्यक्ष दिवस खजुमको रहेको थियो । महासंघ नगरकमिटीले यो पहिलो औपचारिक कार्यक्रम गरेको हो ।

सम्बन्धित खवर