क्यानडा पठाइदिने भन्दै बाबु छोराबाट ६६ लाख ठगी, पाँच जना पक्राउ

क्यानडा पठाइदिने भन्दै बाबु छोराबाट ६६ लाख ठगी, पाँच जना पक्राउ

पथरी, वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने बहानामा बाबु छोराबाट ६६ लाख रुपैँया ठगेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरीले ठगीमा सङ्लग्न एक भारतीय र चार जना नेपालीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो।पक्राउ पर्नेमा भारत अररिया जिल्ला जोगबनी ग्राम पञ्चायत वडा नम्बर ३ का २३ वर्षीय केशव यादव छन्। यस्तै, अन्य पक्राउ पर्ने नेपालीमा कटहरी गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीय रोहितकुमार पासवान, सोही ठाउँका ३० वर्षीय बुद्धनारायण साह, विराटनगर महानगरपालिका वडा नम्बर ८ का २३ वर्षीय अमित राय र पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय बोधराज राजवंशी छन्।

सम्बन्धित खवर