एकबोरा मल लिन वडाको सिफारिस, रातभर चिसोमा लाइन बस्दै किसान

एकबोरा मल लिन वडाको सिफारिस, रातभर चिसोमा लाइन बस्दै किसान

रंगेली, मोरङको रंगेलीका किसानहरु एकबोरा मल लिनलाई रातभरको कठ्याङ्ग्रिदो चिसोमा १० घण्टा लाइन बसिरहेका छन् ।

एकबोरा मलाका लागि रातीको १ बजेदेखि नै लाईनमा बसेका किसानले विहान १० बजे मात्रै एकबोरा मल पाउछन् । किसानलाई एक बिगाह खेतका लागि ४ बोरा डीएपी, २ बोरा पोटास र ४ बोरा युरिया आवश्यक पर्छ तर रातभर लाइन लागेका रंगेली ५ का किसानले यतिबेला १ बोरा मल पाउदैछन् ।

रंगेलीमा आवद्ध र जैनपुर कृषि सहकारी गरी २ वटा सहकारीले मल बितरण गर्दै आएका छन् । सो मल लिनका लागि कृषकले २ दिन लगाएर वडा कार्यालयबाट कुपन लिनुपर्ने बाध्यता छ । वडामा समेत कहिले अध्यक्ष त कहिले सचिव नभेटिँदा कुपन पनि पाउन मुस्किल रहेको किसानहरू बताउछन् ।

यता सहकारीमा पनि जैनपुर सहकारीले मल वितरणमा लापर्वाही गर्ने गरेको किसानको गुनासो छ । आबद्ध सहकारीले मकै खेती गर्ने किसानहरुलाई हालसम्म ९ सय ७८ बोरा डीएपी र ९ सय ४९ बोरा यूरिया वितरण गरिसकेको छ भने जैनपुर कृषि सहकारी संस्थाले मल वितरण गर्न नसकेको कृषकहरूको गुनासो छ ।

सम्बन्धित खवर