महेश बुढाथोकीको ’रामसाईली’मा ईश्वर दुलालको निर्देशन डेब्यु

महेश बुढाथोकीको ’रामसाईली’मा ईश्वर दुलालको निर्देशन डेब्यु

मोरङ, चर्चित गायक महेश बुढाथोकीले मागे संग्रान्तीको अवसरमा मगर समुदायको हुर्रा भाकामा आधारित गीत ’रामसाईली’ सार्वजनिक गर्ने भएका छन् । विशेषतः “काफल गेडि कुटुक्कै“ गीतबाट ख्याति कमाएका बुढाथोकीको यो नयाँ गीतलाई दर्शकहरूले प्रतिक्षा गरिरहेका छन् ।

यसपटकको म्युजिक भिडियोमा बुढाथोकीले निर्देशकको रूपमा ईश्वर दुलाललाई डेब्यु गराएका छन् । दर्जनभन्दा बढी म्युजिक भिडियोमा सहायक निर्देशकको रूपमा अनुभव बटुलेका दुलालले यस गीतमा आफ्नो निर्देशन कौशल प्रस्तुत गर्ने भएका छन् ।

दुलालले आफ्नो अनुभव बाँड्दै भने, “यो मेरो पहिलो निर्देशन हो, र म यसलाई विशेष बनाउन प्रयास गरि रहेको छु । ’रामसाईली’ केवल गीत मात्र होइन, यो हाम्रो संस्कृतिलाई प्रस्तुत गर्ने गतिलो माध्यम हो । म्युजिक भिडियोलाई सांस्कृतिक मौलिकता र आधुनिक प्रस्तुतिको राम्रो सन्तुलनमा बगाउने प्रयास गरिएको छ । अग्रज गायक÷श्रष्टा महेस बुढाथोकीसँगको सहकार्यले मलाई हौसला दिएको छ ।”

दुलालका अनुसार, म्युजिक भिडियोमा मगर समुदायका मौलिक चाल, भेषभूषा र परम्पराहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । ‘रामसाईली’ सँगै निर्देशक दुलालको करियरले नयाँ मोड लिने अपेक्षा समेत गरिएको छ । सो गीतको कथा निर्देशक दुलालले नै तयार पारेका छन् ।

२५ गते मोरङको बाँसेचौरी र आसपासको क्षेत्रमा खिचिने म्युजिक भिडियोलाई कोशी भिजनले छायाङ्कन तथा सम्पादन गर्ने छ ।

सम्बन्धित खवर