लेटाङ, मोरङको लेटाङ नगरपालिका वडा नं. ५ मा दैनिक रुपमा चोरी हुन थालेको छ । ३ महिना देखि लगातार चोरीका घट्ना हुने गरेको भएता पनि हालसम्म चोरी गर्ने ब्यक्ती पत्ता लगाउन सकिएको छैन।
लेटाङ ५ को ब्रदर्श सप्लायर्समा करिव ५५ हजार बरावरको सामान र पैसा चोरी भएको निवेदन प्रहरीसँग छ । दुमि किराना पसलवाट ८० हजार बराबरको सामान र पैसा चोरी भयो । शिव राईको घरमा १८ तोला चाँदी र १ तोला सुन गरेर करिव २ लाख बराबरको चोरी भयो । सावित्रा भण्डारीको किराना पसल फुटाएर सम्पूर्ण सामाग्री चोरी भयो । यी प्रतिनीधी चोरीका घट्ना हुन् । मोवाईल चोरी गर्ने, पर्स चोरी गर्ने, लत्ता कपडा चोरी गर्ने घट्ना त धेरै नै छन् । प्रहरीमा समेत लेटाङ ५ वाट १० वटा भन्दा बढि चोरी घट्नाका उजुरी हालै मात्र परेका छन् ।
प्रहरीले हालसम्म यस घट्नामा कुनै सफलता हासिल गर्न सकेको छैन। चोरी गर्ने व्यक्ति पत्ता लगाउन अनुसन्धान गरिरहेपनि हालसम्म फेला पार्न नसकिएको ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख राकेश रेग्मीले जानकारी दिनुभययो । प्रहरीले हाल लेटाङ ५ लगायत अन्य ठाउँमा गस्ति बढाएको छ भने मानिसहरुलाई चोरी हुनबाट बच्न सचेत रहन आग्रह समेत गरेको छ ।