जथाभावी सामान राख्‍ने व्यापारीकाे सामान नगर प्रहरीकाे फन्दामा

जथाभावी सामान राख्‍ने व्यापारीकाे सामान नगर प्रहरीकाे फन्दामा
मोरङकाे पथरीशनिश्‍चरे १ स्थित पथरी बजारमा अटेर गरी बाटो ओगटेर राखिएका सामग्रीहरु बरामद गरिएको छ । आज नगर प्रहरी र ई रिक्सा व्यवस्थापन समितिको संयुक्त टोलीले सो सामानहरु बरामद गरेको हो ।
बजारमा बारम्बार सूचना गरेपनि, पार्किङ एरिया र बजार लाग्ने मार्किङ गरिएपनि अटेर गरी केही व्यापारीहरुले सामान जथाभावी राखेपछि आज बरामद गरिएको ई रिक्सा व्यवस्थापन समितिका संयोजक विरध्वज शिवाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर