इन्ट्रा फाउन्डेशनले दियो नगरपालिकालाई एम्बुलेन्स

इन्ट्रा फाउन्डेशनले दियो नगरपालिकालाई एम्बुलेन्स

पथरी, इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अमेरिकाले पथरी नगर अस्पताललाई प्रदान गरेको एम्बुलेन्स सोमबारबाट विधिवत रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ ।

पथरी शनिश्चरे नगगरपालिका परिसरमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले रिवन काटेर चाबी चालकलाई हस्तान्तरण गरी सो एम्वुलेन्स सञ्चालनमा ल्याएको हो । सो कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, इन्ट्रा फाउण्डेशन नेपालका संयोजक राम बानियाँ, वडाअध्यक्षहरू नैना राई, लोककिरण न्यौपाने, वीरबहादुर राई र नगर खेलकुद विकास समितिको संयोजक दीपक राईको उपस्थिति रहेको थियो ।

फाउण्डेशन तेस्रो देश पुनर्वास भएका भूटानी शरणार्थीहरुले स्थापना गरेको संस्था हो । जसले भूटानी शरणार्थी प्रभावित क्षेत्रमा सृजनशील कार्यक्रम सहित आवश्यक परेका हरेक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।

सम्बन्धित खवर