एन प्याब्सन पथरीशनिश्चरेको आयोजनामा हाजिरी जवाफ प्रतियोगीता सम्पन्न

एन प्याब्सन पथरीशनिश्चरेको आयोजनामा हाजिरी जवाफ प्रतियोगीता सम्पन्न

पथरी, एन प्याब्सन पथरी शनिश्चरेको आयोजनामा हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

नगरभरीका एन प्याब्सनमा आवद्ध विद्यालय सहभागी प्रतियोगीतामा सिनियर र जुनियर गरी दुई चरणमा प्रतियोगीता आयोजना गरिएको हो । किर्तिपुर एकेडेमीको प्राङ्गणमा भएको आयोजनामा सिनियर तर्फ (माध्यमिक तह) ब्राइट सनराइज प्रथम, किर्तिपुर एकेडेमी दोस्रो र सिद्धार्थ एकेडेमी तेस्रो भए । यस्तै जुनियर तर्फ (आधारभूत तह) मा किर्तिपुर एकेडेमी प्रथम, ग्लीम एकेडेमी दोस्रो र चिनारी बोर्डिङ तेस्रो भएका छन् ।

प्रतियोगीतामा प्रथम, दोस्रो र तेस्रो हुनेहरूलाई ट्रफी प्रदान गरिएको थियो । सहभागी सबै विद्यालयलाई सान्तवनाको ट्रफी प्रदान गरेको एन प्याब्सन जिल्ला सहसचिव वेदनाथ खतिवडाले जानकारी दिनुभयो । नगरमा प्रथम, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने विद्यालय जिल्ला स्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् । जिल्ला स्तरीय प्रतियोगीता साउन २६ गते आयोजना हुने खतिवडाले जानकारी दिनुभयो ।

कार्यक्रम एन प्याब्सन नगर अध्यक्ष थिर प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । प्रतियोगीताको औपचारिक कार्यक्रम जिल्ला सहसचिव वेदनाथ खतिवडाले र हाजिरी जवाफ प्रतियोगीता कार्यक्रम पथरीशनिश्चरे नगर सचिव पुकार राईले गर्नुभएको थियो ।

सम्बन्धित खवर