२४ वर्ष देखि रेडक्रसको जग्गामा पूर्व वडाध्यक्षको हालीमुहाली

२४ वर्ष देखि रेडक्रसको जग्गामा पूर्व वडाध्यक्षको हालीमुहाली

रबिन्द्र बराल, रंगेली

मोरङको सुनवर्षी ६ मा रहेको नेपाल रेडक्रस सोसाइटीको जग्गा स्थानीय तेज नारायण ताजपुरीयाले २४ वर्षदेखि भोगी रहेका छन् । अनाधिकृत रुपमा रेडक्रसको जग्गा हडपेर खेतीबाली गरिरहेका ताजपुरीया सुनवर्षी वडा नं. ६ का पूर्व वडाध्यक्ष पनि हुन् ।

सुनवर्षी ६ केरन्जामा रहेको नेपाल रेडक्रस सोसाइटी बिराटनगरको १७ कठ्ठा जग्गा ताजपुरीयाले अनाधिकृत रुपमा भोगीहरेका हुन् । नेरेसो बिराटनगरले वि.सं. २०४४ सालमा खरिद गरेको सो जग्गा २४ वर्षदेखि ताजपुरियाको कब्जामा छ ।

ताजपुरियाले लामो समय देखि उपभोग गरिरहेको भएपनि रेडक्रसलाई कुनैपनि रकम नदिएको नेरेसो उपसेवा केन्द्र गोविन्दपुरका अध्यक्ष लाल बहादुर ताजपुरियाले बताए । २०४४ सालमा बक्राहा खेला बस्ती पसेपछि खोला किनाराका मान्छे विस्तापित भए । विस्तापित २२ घरपरिवारलाई व्यवस्थापन गर्न नेरेसो बिराटनगरले खरिद गरेको सो जग्गा हालसम्म ताजपुरियाले भोगीरहेका हुन् ।

पछि २०५७ सालमा बक्राहा पिडितहरूले आफैँ सो जग्गा छाडेर अन्यन्त्र गए पछि ताजपुरियाले भोगीहरेका हुन् । ताजपुरियाले कति आम्दानी गर्छन् कुनै रेकर्ड छैन् ।

सो जग्गाका बारेमा नेरेसो मोरङका अध्यक्ष सुबोध कुमार सिंहले आफुलाई कुनै जानकारी नै नभएको भन्दै गैर जिम्मेवार जवाफ दिए । जिल्लामा भएका आफ्नो संस्थाको सम्पत्ति ने थाहा नपाउने स्रिह जिल्ला अध्यक्षको कुसीमा बिराजमान छन् । अब भने सबै हिसाब गरेर रकम असुल्ने सिंहले जनाए ।

यता जातपुरिया भने आफुले वार्षिक रुपमा नेरेसो मोरङमा रकम बुझाउदै आएको जिकिर गर्छन् । सम्बन्धित निकायले ध्यान नदिदा सार्वजनिक सम्पत्तिमा पूर्व वडाध्यक्षको हालीमुहाली छ ।

सम्बन्धित खवर