आई.पी.भी. खोप सञ्चालन तथा व्यवस्थापनको लागि बैठक सम्पन्न

आई.पी.भी. खोप सञ्चालन तथा व्यवस्थापनको लागि बैठक सम्पन्न

पथरी, राष्ट्रिय खोप आई.पी.भी. खोप सञ्चालन तथा व्यवस्थापनको लागि स्थानीय तह स्तरीय खोप समन्वय समितिको एक दिने बैठक सम्पन्न भएको छ ।

आज नगरपालिकाको सभाहलमा नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा सो बैठक सम्पन्न भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले आयोगना गरेको सो कार्यक्रमको प्रस्तुतिकरण जनस्वास्थ्य अधिकृत जगत प्रसाद मगरले गर्नुभएको थियो ।

सो कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सामुदायिक विद्यालयका प्रअ, निजी विद्यालयका प्रतिनिधिहरु, व्यापार संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सिअहेव अधिकृत एकराज खत्रीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वडा नं. १० का अध्यक्ष जीवन खतिवडा र शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले खोपका विषयमा आफ्ना भनाइहरु राख्नुभएको थियो ।

सो कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमका मुख्य उद्देश्यहरु, विगतमा नेपालमा गरिएका प्रयासहरु, पोलियो उन्मुलनको अवस्था र खोप सञ्चालनको औचित्य सम्वन्धी प्रस्तुतिकरण राखिएको थियो । राष्ट्रिय खोप आई.पी.भी. खोप सञ्चालन जेठ १३ गतेदेखि हुँदैछ ।

सम्बन्धित खवर