द भ्वाईसका विजेता विनोद राईलाई रेडस्टारको सम्मान

द भ्वाईसका विजेता विनोद राईलाई रेडस्टारको सम्मान

पथरी, द भ्वाइस अफ नेपाल सिजन ५ का बिजेता बिनोद राईलाई सम्मान गरिएको छ । मोरङको पथरीशनिश्चरे २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयले एक कार्यक्रमका बिच आज सम्मान गरेको हो ।

विद्यालयले कक्षा १२ का विद्यार्थीलाई बिदाइ गर्दै हिसान प्रि बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई समेत मेडल र प्रमाण पत्रले सम्मान गरेको हो ।

कार्यक्रममा पथरीशनिश्चरे नगर शिक्षा शाखा अधिकृत नविन खुलाल प्रमुख अतिथि रहनुभएको थियो । रेडस्टारले राजयले निर्दिष्ट गरेका मापदण्ड पुरा गरेर समाजको अब्बल शिक्षाको केन्द्रका रुपमा अगाडी बढेको भन्दै शुकामना व्यक्त गर्नुभयो ।

समाजमा बिक्ने जनशक्ति उत्पादन गर्न रेडस्टार लागि परेको विद्यालयका प्रिन्सिपल टेकनाथ (टिएन) तिम्सिनाले बताउनुभयो । नयाँ शैक्षिक सत्रबाट व्यवहारिक ज्ञान समेत दिनेगरी विद्यालयले तयारी गरेको तिम्सिनाले बताउनुभयो ।

कार्यक्रममा सम्मानित बिनोद राईले गायन प्रस्तुत गर्नुभयो । विद्यालयका तर्फबाट पनि गायन तथा नृत्य सहितका सांस्कृतिक कोशेलीहरु प्रस्तुत गरिएको थियो । रेडस्टार माविले स्नातक तहमा ऋतम्भरा कलेज पनि सञ्चालन गरिरहेको छ ।

सम्बन्धित खवर