सहकारी दिवशकै दिन झापाका ३ वटा सहकारीबाट ६ लाख भन्दा बढि चोरी

सहकारी दिवशकै दिन झापाका ३ वटा सहकारीबाट ६ लाख भन्दा बढि चोरी

झापा, हिजो ६७ औँ सहकारी दिवश । सहकारी दिवशकै दिन झापामा भने ३ वटा सहकारीमा चोरी भएको छ ।

झापाको गौरादह ५ मा रहेका ३ वटा सहकारीबाट एकैरात ६ लाख ३६ हजार ५०० बराबरको चोरी भएको हो । स्कुलचौन बजारमा रहेको जनहित साकोसबाट ५ लाख, चप्रमारीमा रहेको महारानी साकोसबाट ८५ हजार ५०० र सानाकिसान सहकारीबाट ५४ हजार चोरी भएको हो ।

रातको समयमा सेफ फोडेर रकम चोरी भएको हो । यहि प्रकृतिबाट केहि समय अघि देखि मोरङका थुप्रै सहकारीबाट लाखौ रकम चोरी भइसकेको छ ।

सम्बन्धित खवर