किर्तिपुर बजारमा अस्थायी प्रहरी चौकी उद्घाटन

किर्तिपुर बजारमा अस्थायी प्रहरी चौकी उद्घाटन

पथरी, मोरङको पथरी शनिश्चरे ७ किर्तिपुर बजारमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ ।

बुधबार इलाका प्रहरी कार्यालय पथरीको आयोजनामा गरिएको कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभयो ।

पथरी शनिश्चरे ७ र ४ को सिमानामा अवस्थित किर्तिपुर बजारको शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यूनिकरण गर्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।

अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ जनाको टोली खटाइएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, समाजसेवी जहरमान लिम्बु, इप्रका पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठ, वडा नं. ४ का अध्यक्ष लोकनाथ न्यौपाने, वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का, पूर्व वडा अध्यक्षद्वय कपिलमणि ढकाल र गोविन्द बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर