तपाईँ पनि जग्गा दलाली गर्दै हुनुहुन्छ ? पर्नुहाेला फन्दामा

तपाईँ पनि जग्गा दलाली गर्दै हुनुहुन्छ ? पर्नुहाेला फन्दामा

बारा, मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारा स्थित अरूको जग्गा देखाएर भिडियो बनाइरहेका वन कर्मचारीसहित दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएका छन्।

बाराको आदर्श कोतवाल गाउँपालिका ५ स्थित द्रुतमार्गको बाटोमा जोडिएको सडककालोपत्रे छेउमै अरूको जग्गा देखाएर भिडियो बनाइरहेका दुवैजनालाई  सरकारी नम्बरको मोटरसाइकलसमेत स्थानीयले नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी वन कार्यालयका कार्यालय सहयोगी दिलबहादुर कार्की, र हेटौंडा उमनपा १७ का बसन्त रेग्मी रहेका छन्।  स्थानीयले उनीहरूले प्रयोग गरेको बा प्रदेश ०३००१ ब ३४५ नम्बरको सरकारी मोटरसाईकलसहित वडा कार्यालयमार्फत प्रहरी चौकी चिउँटाहामा बुझाएका छन्।

स्थानीय युवा राजकुमार दासले जग्गा धनीलाई थाहै नदिई दलालहरुले नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरिरहेको घटना पटकपटक भइरहेको कारण यिनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताएका छन्। पक्राउ परेका दुवैजनामाथि कानुनी कारवाही हुनुपर्ने स्थानीयले माग गरेका छन्।

पक्राउ परेका रेग्मी र कार्कीले आफूहरुलाई ललितपुरका एकजना जग्गा कारोबारीले उक्त जग्गा दुईसाता अघि ल्याएर देखाएको बताएका थिए। पक्राउ पर्दा उनीहरूले ललितपुरका व्यवसायी भनिएकालाई पटकपटक फोन गर्दा उठाएन, एकछिन पछि उनले स्विचआफ गरेको थियो। प्रहरी चौकी चिनुटाहाका प्रमुख असई सिवेन्द्र यादवले दुवैजना पक्राउ परेको पुष्टी गरेका छन्। उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाउने असई यादवले बताएका छन्।

यसअघि मंगलवबार आदर्श कोतावल गाउँपालिका ५ स्थित अरूको जग्गा नापजाँच गरिरहेका काठमाडाैँ घर बताउने रौशन अधिकारी र बारा घर बताउने छोटेलाल साहलाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका थिए ।

बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले पक्राउ परेका चारैजना नियन्त्रणमा रहेको बताउँदै घटनाबारे आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएका छन्।

‘हामी जग्गाधनी भनिएका लाई बोलाउँछौं, यिनीहरुलाई सोधबुझ गर्छौं दोषी ठहर भएमा कानुन बमोजिम कारवाही हुन्छ,’ प्रवक्ता डिएस्पी न्यौपानेले भने । पछिल्लो समय बारा, रौतहटलगायत मधेश प्रदेशको जिल्लाहरुमा अरूको जग्गा देखाएर नक्कली कारोबार गर्ने दलालहरुको बिगबिगी बढेको छ। न्युजकारखाना

सम्बन्धित खवर