वडा नं. २ मा माटो जाँच शिविर

वडा नं. २ मा माटो जाँच शिविर

पथरी, पथरी शनिश्चरे नगरको कृषि विकास शाखाको आयोजना तथा माटो तथा मल परीक्षण प्रयोगशाला, झुम्का सुनसरीको प्राविधिक सहयोगमा मोरङको वडा नं. २ मा माटो परीक्षण गरिएको छ ।

मंगलबार वडा कार्यालयमा मोवाइल भ्यान घुम्ती माटो जाँच शिविर संचालन कार्यक्रम संचालन गरिएको हो । माटोको अम्लीय अवस्था ,उर्वराशक्ति, सन्तुलित मात्रामा मलखादको प्रयोग गर्न आवश्यक सल्लाह, माटो सुधार गर्ने उपायहरू, कुन–कुन बाली लगाउन उपयुक्त हुने जस्ता विभिन्न जाँच गरिने माटो तथा मल परीक्षण प्रयोगशाला, सुनसरीका अधिकृत राजेन्द्र प्रसाद यादवले बताउनुभयो ।

वडाका ५० बढी किसानहरूले आ–आफ्नो खेत बारीको ‘नमुना माटो’ पोकाहरु जाँचका लागि ल्याएका थिए । कार्यक्रमको उद्घाटन वडा अध्यक्ष नैना राईले गर्नुभएको थियो ।

सम्बन्धित खवर