नेशनल लाइफ इन्स्योरेन्सको ३७ औँ वार्षिकोत्सवको अवसरमा बाल गृहलाई सहयोग

नेशनल लाइफ इन्स्योरेन्सको ३७ औँ वार्षिकोत्सवको अवसरमा बाल गृहलाई सहयोग

पछिल्लो समय जन्मदिन, विवाह, व्रतबन्ध, वार्षिकोत्सव लगयातका अन्य धार्मिक कर्महरु गर्दा गरिने अनावश्यक तडकभडक हट्ने क्रम जारी छ । यस्ता कार्यहरुमा लाग्ने खर्च कटौती गर्दै सामाजिक कार्यमा खर्चिने जमात उर्लाबारीमा बढ्दै गएको छ ।

यसै सन्दर्भमा उर्लाबारीस्थित नेशनल लाइफ इन्स्योरेन्स उर्लाबारी शाखाले कम्पनीको ३७ औँ वार्षिकोत्सव उर्लाबारी-७ स्थित नमुना बाल गृहमा मनाएको छ । कम्पनीको उर्लाबारी शाखाले बिहिबार बाल गृहका बालबालिकाहरुसँग केक काटेर वार्षिकोत्सव मनाएको हो । सो अवसरमा शाखाको तर्फबाट बाल गृहलाई खाद्यन्न र सरसफाईका सामाग्रीहरु सहयोग गरिएको छ ।

शाखा प्रमुख मोहन कडेँलले गृहमा आश्रित बालबालिहरुलाई लक्षित गरेर सो सामाग्रीहरु बाल गृहका संचालक जिवन घिमिरेलाई हस्तान्तरण गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख कडेँलले बालबालिकाहरुसँग कम्पनिको वार्षिकोत्सव मनाउन पाएकोमा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा बाल गृहलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कम्पनिका सिनियर विजनेश मेनेजर विष्णु निरौला र एलिसा आले मगर, चिफ विजनेश मेनेजर भरत कडेँललगायत कम्पनिका अन्य प्रतिनिधी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

हाल सो बाल गृहमा ६६ जना बालबालिका आश्रित छन् ।

सम्बन्धित खवर