राष्ट्रपति रनिङ शिल्ड सुरु

राष्ट्रपति रनिङ शिल्ड सुरु

रबिन्द्र बराल, रंगेली

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ रंगेली नगरपालिकामा १६ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । हिजोबाट सुरुभएको प्रतियोगीता फगुन १० गते समापन हुने छ ।

नगरभित्र रहेका माध्यमिक तहका विद्यालयरू आदर्श मावि, गणेश मावि चोप्राहा, रत्न मावि रञ्जनी लगायतका १३ वटा सामुदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालय प्रतिस्पर्धामा छन् ।

विभिन्न विधामा हुने प्रतिस्पर्धामा हिजो दौड, कवडी, भलिबल, सटपुट, हाइजम्प लगायतका खेल खेलाइएको छ । उद्घाटन सत्रमा रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, उपप्रमुख भूमा पराजुली लगाउतको उपस्थिती रहेको थियो ।

जनप्रतिनिधीहरू बिचमा एकसय मिटर दौड गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

सम्बन्धित खवर