उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

काठमाडौं, उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघात हुँदा निधन भएको छ ।

हृदयघात भएपछि अस्पताल लगिए पनि उपचारका क्रममा उनको मंगलबार बिहान ५६ वर्षको उमेरमा निधन भएको हो ।

मंगलबार घरमा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो ।

सम्बन्धित खवर