मंगलबारे क्लवको अगुवाईमा स्थानियले लगाए मदन प्रतिष्ठानमा ताला

मंगलबारे क्लवको अगुवाईमा स्थानियले लगाए मदन प्रतिष्ठानमा ताला

मंगलबारे युवा क्लवले शुक्रबार उर्लाबारी ३ मंगलबारेस्थित मदन भण्डारी स्मृृति प्रतिष्ठानमा ताला लगाएको छ । क्लवको अगुवाईमा सयौँको संख्यामा सहभागी स्थानियहरुले शुक्रबार प्रतिष्ठानको मूख्य कार्यालयको पूर्वपट्टीको क्षेत्र(खेलमैदान भएको  क्षेत्र,हाल वाल लगाइएको)मा ताला लगाएका हुन् ।

क्लवका अध्यक्ष पिपल राज गिरीले प्रतिष्ठानलेविश्वविद्यालय र अस्पताल निर्माण गर्ने योजनाका साथ  नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालयसँग सम्झौता गरेको जमिनमा हालसम्म पनि कुनै संरचना नबनाईएको जनाउदै तालाबन्दी गरिएको बताए ।

 

यस्तै उनले विश्वविद्यालय र अस्पताल निर्माण नगरी प्रतिष्ठानले वाल लगाएर सुरक्षित गरेको क्षेत्रमा  तरकारीबाली लगाई खेती गरेर खेलमैदानको दुरुप्रयोग गरेको जनाउदै सो खेलमैदान स्थानियलाई खेल्नको लागी दिनुपर्ने बताए ।

 

क्लवको अगुवाईमा सयौँको संख्यामा सहभागी स्थानियले सो खेलमैदान स्थानियलाई खेल्नको लागी दिनुपर्ने माग राख्दै आएका छन् ।

 

‘पटक पटक प्रतिष्ठानको ध्यानाकर्षण गरेतापनि कुनै सुनुवाई नहुने देखिएपछि हामीले दवावस्वरुप तालाबन्दी गरेका हौँ ।’ स्थानिय विजय माझी बताउछन् ,” खेलमैदान नहुदा हाम्रा नानीबाबुहरु दुर्व्यसनीमा फस्ने डर भयो।’

 

सो अवसरमा बोल्दै स्थानिय सोमप्रसाद तिमिल्सीना (राम) ले प्रतिष्ठानले स्थानियलाई अस्पताल बनाउने भनेर झुक्याएर कब्जा गरेको जग्गामा अहिलेसम्म कुनै संरचना नबनेको बताउदै उनले स्थानिय युवाहरु लागुऔषध दुर्व्यसनीमा फस्ने क्रम बढेको बताए । यस्तै उनले खेलमैदान भएमा विभिन्न खेल अभ्यास गर्नाले युवाहरु दुर्व्यसनीमा नफस्ने धारणा व्यक्त गरे ।

 

यस्तै स्थानिय प्रभू राईले खेलमैदान स्थानियलाई खेल्न खुला नगरे  विभिन्न आन्दोलनहरु गर्ने बताए । यस्तै उनले प्रतिष्ठानले तत्काल जनभावनाअनुरुप छलफलको माध्यमबाट सो क्षेत्रको खेलमैदान स्थानियलाई खेल्नको लागी दिनुपर्ने धारणा व्यक्त गरे ।

सम्बन्धित खवर