औषधि व्यवसायी संघ मोरङको चुनाव : सुदिन ध्वज श्रेष्ठको प्यानल आक्रामक चुनावी अभियानमा

औषधि व्यवसायी संघ मोरङको चुनाव : सुदिन ध्वज श्रेष्ठको प्यानल आक्रामक चुनावी अभियानमा

विराटनगर/ आसन्न औषधि व्यवसायी संघ मोरङ जिल्लाको चुनावमा सुदिन ध्वज श्रेष्ठको प्यानल तिव्र रुपमा चुनावी अभियानमा होमिएको छ ।

यसैबिच नयाँ सोच सहितको समावेशी युवाहरुको समूहको नेतृत्व गर्दै चुनावमा होमिएका श्रेष्ठको प्यानल दैनिक रुपमा मतदाताको पसल पसलमा भेटघाट गरि आफ्नो एजेण्डा राख्ने र मतदाताको राय टिपोट गर्दै संकलन गर्ने कार्यमा जुट्दै आएको छ ।

आफुहरुको जित निश्चित जस्तै रहेको बताउदै अध्यक्षका आकांक्षी श्रेष्ठले मतदाताहरुलाई कुनै प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरेका गरेका छन् ।

श्रेष्ठको समुहमा वरिष्ठ उपाध्यक्ष विनोद यादव , थोक उपाध्यक्ष जितेन्द्र कुमार रजक (जितु), खुद्रा उपाध्यक्ष मुकेश श्रीवास्तव, महासचिव अरुण कुमार ठाकुर ब्राह्मण , सचिव सुधन पौडेल , कोषाध्यक्ष मनोज कुमार मण्डल, उप कोषाध्यक्ष राजकुमार यादव उम्मेद्वार रहेका छन् ।

यस्तै सदस्यका उम्मेद्वारहरुमा अन्जु बस्नेत (थोक), शकर यादब (खुद्रा) र अन्य सदस्यमा अरबिन्द कुमार मण्डल , गौरवप्रसाद साह र किरण कुमार चौधरी रहेका छन ।

बिगत २५ बर्षदेखी औषधि व्यवसायमा सम्लग्न भएका श्रेष्ठको प्यानलमा अनुभव र नया जोशको संम्मिश्रण समेत रहेकाले औषधि व्यवसायीको हक हितमा प्रचारमुखी भएर नभई सेवामुखी भएर संघ अघि बढ्ने योजना लिएर चुनावमा होमिएको बताईए
को छ ।

यस्तै प्रदेशको राजधानि भएको जिल्लामा जम्मा ४ सयको हारहारीमा मात्र सदस्य हुनु बिडम्बना भएको बताउदै अध्यक्षका आकांक्षी श्रेष्ठले जिल्लाका हरेक औषधि व्यावसायीलाई व्यवसायीको अवधारणा लिएर एन.सि.डि.ए.को सदस्यता दिलाउन हरेक व्यवसायी माझ पुग्ने , एक्स्पायरी व्यवस्थापनलाई व्यवहारिक बनाउन अभियान चलाउने , परामर्शदाताको रुपमा रहेका व्यवसायीलाई प्रविधिमैत्री , दक्ष र व्यवसायीक बनाएर समाजमा स्थापित गराउने , औषधि व्यवसायी पसलेमात्र नरहेर जनताको स्वास्थ्य सहयात्री रहेकाले सोहि अनुसारका योजना ल्याएर दक्ष बनाउने , स्थानिय तहसँग समन्वय गर्दै स्थानीय तह र औषधि व्यवस्था बिभागसँग समन्वय गरेर क्षमता अभिवृद्धिका कार्यक्रममा ध्यान केन्द्रीत गर्ने , औषधि व्यवसायीका समस्यालाई सम्बोधन गर्न अधिक पहल गर्ने लगायतका योजना लिएर श्रेष्ठ समुह चुनावी अभियानमा होमिएको छ ।

आगामी शनिबार विराटनगरमा हुने दोस्रो जिल्ला अधिवेशनमा आफ्नो प्यानलनै निर्वाचित हुनेमा विश्वस्त रहेका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार विनोद यादव आफ्नो समुह आम व्यवसायीहरुको रचनात्मक सुझावका साथ व्यवसायीक हक हितलाई केन्द्रमा राखी अघि बढ्ने बताउछन् ।

“व्यवसायीक एकता आजको आवश्यकता ” भन्ने मूल उद्देश्य लिएर अघि बढेको आफ्नो प्यानललाई अत्याधिक मतका साथ विजयी गराउनका लागी सचिव पदका उम्मेद्वार सुधन पौडेलले अपील गरेका छन् ।

आगामी पुष २८ गते हुने संघको चुनावमा जम्मा मतदाता संख्या ४ सय १५ जना रहेका छन् ।

सम्बन्धित खवर