वडा कार्यालयमा लगाएको ताला खुल्यो

वडा कार्यालयमा लगाएको ताला खुल्यो

पथरी, मोरङको साविक शनिश्चरे गाविस वडा नम्बर ४ का स्थानीयबासीले पथरी शनिश्चरे वडा नम्बर ८ को कार्यालयमा लगाएको ताला खोलिएको छ ।

आइतबार सय बढी उपस्थित स्थानीयबासीले बिहान् १० बजे अघि नै कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी गरेको ४ घन्टापछि दिउँसो २ बजे ताला खोलिएको छ ।

वडा अध्यक्ष नबिनजङ्ग कार्कीले सखुवारामा स्थापना हुने भनिएको प्रहरी चौकी अहिले नबनाउने र उपयुक्त स्थान खोज्ने सहमति जुटेपछि कार्यालयमा लगाइएको ताला खोलिएको बताएका छन् ।

प्रहरी चौकी माग गर्न बनेको संघर्ष समितिका अध्यक्ष वीर बहादुर तुम्सा नेतृत्वको टोलीले प्रहरी चौकीको माग गर्दै अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

कार्यपालिकामा के निर्णय भएको थियो ?

पथरी शनिश्चरे नगर कार्यपालिकाले पालिकाको विभिन्न वस्तीहरुमा अवान्छ्निय गतिविधि बढी रहेको हुँदा वडा नम्बर ४, ६ र ७ को सिमाना किर्तिपुर बजार साथै वडा नम्बर ४ र ८ को सिमाना सखुवारामा अस्थायी प्रहरी चौकी स्थापना गरिदिन जिल्ला प्रशासन कार्यालय मोरङ्लगायत सरोकारवाला निकाय समक्ष अनुरोध गर्ने निर्णय भएको वडा नम्बर ८ का अध्यक्ष तथा नगर प्रवक्ता नविनजङ्ग कार्कीले बताए ।

वडा नम्बर ४ का अध्यक्ष लोक किरण न्यौपानेले कार्यपालिकाको बैठकमा किर्तिपुरमा प्रहरी चौकी राख्ने बारेमा निर्णय भएको तर सखुवारा बारेमा कुनै प्रस्ताव नआए पनि माइन्युटमा लिखित निर्णय आएकोले फरक मत राखेका छन् ।

सम्बन्धित खवर