उद्योग वाणिज्य संघको वनभोज: कार्यसमिति सदस्य बाटै बहिस्कार

उद्योग वाणिज्य संघको वनभोज: कार्यसमिति सदस्य बाटै बहिस्कार

दिलीप पोखरेल / उर्लाबारी
उद्योग वाणिज्य संघ उर्लाबारीको आयोजनामा शनिबार तय भएको बनभोज कार्यक्रम कार्यसमिति सदस्य बाटै बहिस्कार गरिएको छ ।

कार्यसमिति सदस्य नुतन राईले शुक्रबार साँझ आफ्नो फेसबुक वालमा एक पोष्ट गर्दै स्रोत नखुलेको रकमबाट आयोजना गरिएको उक्त बनभोज कार्यक्रमको बहिस्कार गरेको जनाएका छन् । उनका अनुसार संघका अध्यक्ष शेरबहादुर भण्डारीले प्रादेशीक महोत्सव २०७९ मा दाँयाबाँया गरेर बचाएको ४५ हजार रकमबाट बनभोज जाने बताएपछि आफुले त्यसको विरोध गरेको जनाए । राई बताउछन्, ” गत २०७९ माघ २१ देखी २९ गतेसम्म उवास उर्लाबारीद्वारा आयोजित प्रादेशीक, औद्योगिक ,कृषि व्यापार तथा पर्यटन महोत्सव – २०७९ को आयव्यय सार्वजनिक गर्दा नखुलाईएको रकम भर्खर‌ै मात्र जानकारी गराईनु शंकास्पद छ । ”

यस्तै उनले सो रकम महोत्सवको आयव्ययमा गोप्य राखिएको बताउदै त्यसबारे वाणिज्य संघका महासचिव हेमराज गुरुङ, कानुनी सल्लाहकार विनोद न्यौपाने, प्रमुख सल्लाहकार प्रितम खड्गी र मेला संयोजक भरत भट्टराई बाहेक अरुलाई थाहै नभएको बताए ।

‘दाँयाबाया गरेर थप रकम उठाईएको हुनसक्छ, यसमा मेरो आपत्ती छ ‘ उवासका सदस्य राई बताउछन्, “अचानक रकम आउदा शंका गर्ने ठाउ रह्यो, अझ सो रकमबाट पिकनिक जाने सवालमा विरोध गर्दा आफु अल्पमतमा परेको छु ।”

यस्तै उनले सो रकमले बनभोज आयोजना गर्नुको सट्टा सामाजिक काममा सदुपयोग गर्न अध्यक्ष भण्डारीलाई सुझाव दिएतापनि अध्यक्षले उवासको बैठकबाट बनभोज जाने निर्णय बहुमतले पारित गरिएकोले निर्णयविरुद्ध जान नसकिने बताएको जानकारी दिए ।

यता वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीका अनुसार संघको गत पुष ७ गते बसेको २९औँ बैठकले पुष २१ गते बाँसेचौरीमा बनभोज कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा उनुपस्थित भएका सदस्य राईले अहिले यतिकै फेसबुकमा फण्डा मात्र निकालेको धारणा व्यक्त गरे ।

अध्यक्ष भण्डारी बताउछन्, “ऐतिहासिक महोत्सवमा कुनै दाँयाबाँया गरीएको छैन, ठेकेदारलाई १० लाखमा ठेक्का दिईएको थियो । ठेकेदारले सो रकम वाणिज्य संघलाई सम्झौताअनुसार समयमै फर्चौट गरिसकेका थिए । फर्चौटलगत्तै ठेकेदारले संघका कार्यसमितीसँग ‘गेट टुगेदर’ गर्ने भनेर केहि रकम छुट्याएका थिए । उनको व्यस्त समयको बावजुद सो रकम प्राप्त भएको थिएन । भर्खरै मात्र सो रकम प्राप्त भएकोले त्यसलाई बनभोजमा प्रयोग गर्न खोजिएको हो ।”

यस्तै उनले बनभोजको लागी प्रतिव्यक्ति १ हजार रुपैयाँ समेत संललन गर्ने निर्णय गरीएको बताउदै शनिबार हुने बनभोजमा विभिन्न व्यक्ति तथा व्यवसायीहरुको समेत स्पोन्सर रहेको जानकारी दिए ।

उनका अनुसार शनिबार बिहानदेखी आयोजना हुने सो बनभोजमा वाणिज्य संघको कार्यसमिति, उपसमिति र पूर्व अध्यक्ष लगायत अन्य व्यवसायीहरुको समेत उपस्थिती रहने बताईएको छ।

सम्बन्धित खवर