मानिसको भाग्य रातारात बदलिन सक्छ, यो धेरै पटक देख्न सकिन्छ। जर्मनीकी एउटी महिलासँग यस्तै भएको छ, जसले आफ्नो घर सफा गर्ने क्रममा २ वर्ष पुरानो लटरीको टिकट पाइन, त्यसपछि ती महिला रातारात करोडपती भइन् ।
न्युयोर्क पोस्टका अनुसार ती महिला जर्मनीकी निवासी हुन्, जसको नाम खुलाइएको छैन। उनी आफ्नो घर सफा गर्दै थिइन्। त्यसपछि उनले दुई वर्ष पुरानो लटरी टिकट फेला पारिन।
समाचार अनुसार ती महिलाले फेब्रुअरी २०२१ मा लटरी सुपर ६ खेलेकी थिइन् । घरको दराजमा टिकट राखेर बिर्सेकी थिइन् तर सरसफाइ गर्ने क्रममा उनले पुरानो टिकट त्यहीँ फेला पारेकी थिइन् ।
महिलाले करिब ११० हजार डलरजितिन् । पैसा जितेपछि महिलाले भनिन्, ‘विश्वास नै लाग्दैन, बिर्सिएको खजाना फेरि भेटिएजस्तो लाग्छ ।’



 
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



