जापानको भुकम्पमा परी मर्नेको संख्या ४८ पुग्यो

जापानको भुकम्पमा परी मर्नेको संख्या ४८ पुग्यो

टोकियो, नयाँ वर्षको दिनमा सी अफ जापानको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको क्षति स्पष्ट हुँदै गएको छ ।

इशिकावा प्रिफेक्चरमा भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।

इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै जना घाइते भएका छन, घाइतेहरूको सुची संकलन भइरहेको जापनी समाचार संस्था एनएचकेले जनाएको छ ।

आपतकालिन विभागका अधिकारीहरूले वाजिमा शहरमा घरहरू सहित २५ भवनहरू ध्वस्त भएको बताएका छन्। उनीहरुका अनुसार १४ वटा संरचनामा मानिसहरु फसेको हुनसक्छ । उनीहरुको उद्धारका लागि आपतकालिन बिभागले प्रयास गरिरहेको छ ।

सम्बन्धित खवर