आइतबारे अस्त्रले उचाल्यो चौथो संस्करणको पिएसपिएल क्रिकेटको उपाधी

आइतबारे अस्त्रले उचाल्यो चौथो संस्करणको पिएसपिएल क्रिकेटको उपाधी

पथरी, माेरङ पथरीशनिश्चरेमा सञ्चालित चौथो संस्करणको “पथरीशनिश्चरे प्रीमियर लिग”को उपाधी आइतबारे अस्त्रले उचालेको छ । गोर्खा लिजेण्ड माथी ६ विकेटले पराजित गर्दै आइतबारे नयाँ च्याम्पियन बनेको हो ।

फाइनलमा आइतबारेका नृत्य खडोलियाको सतकिय प्रर्दशनमा आइतबारे उपाधी भित्राउन सफल भयो । टस हारेर ब्याटिङ गरेको गोर्खाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४९ रन बनायो । गोर्खाका लागि सुजन थपलियाले ७१ रन बनाए । ज्ञानेन्द्र श्रेष्ठले २६ र समित राईले १३ रन बनाए । आइतबारेका दिपेश भण्डारीले ३ दिपक नेपालीले २ र अभिषेक बिकले १ विकेट लिए ।

१५० रनको लक्ष्य लिएर मैदान उत्रीएको आइतबारेले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । जसमा खडोलियाले अबिजित ११० रन बनाए । मंगेश राईले अबिजित १४ रन बनाए । गोर्खाका आभाष पाहिम र फडेन्द्र पौडेलले समान २/२ विकेट लिए ।

बिजेता आइतबारे अस्त्रलाई पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोले ट्रफ्री प्रदान गरे । बिजेताले १ लाख ११ हजार रुपयाँ र ट्रफ्री जित्दा उपबिजेता गोर्खाले ७१ हजार रुपयामा चित्त बुझायो ।

बिधागत तर्फ पनि आइतबारेका खेलाडी हाबी भए । उत्कृष्ट फिल्डर, म्यान अफ दि टुर्नामेन्टको आइतबारेका मोहम्मद निशार उत्कृष्ट विकेट किपर आइतबारेकै नृत्य खडोलिया उत्कृष्ट बलर बिरेन्द्रनगर स्टिल टाइगरका सुदिप चौधरी, उत्कृष्ट ब्याट्समेन गोर्खाका राज पालुङा, प्रभाशाली खेलाडिमा आइतबारेका दिपेश भण्डारी र उदयमान खेलाडीमा बुद्ध युनाइटेडका सौरब बस्नेत घोषित भए । फेयर प्ले उपाधी बिरेन्द्रनगर स्टिल टाइगरले जित्यो ।

पहिलो संस्करणको उपाधी रोयल किङले जितेको थियो भने दोश्रो र तेश्रो संस्करणको उपाधी सातबाघले जितेको थियो ।
समापन कार्यक्रममा क्रीकेटको सुचना सम्प्रेषणमा महत्त्वपूर्ण भुमीका खेलेको भन्दै पत्रकार अर्जुन काफ्लेलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्बन्धित खवर