यामाहाको शोरुम – पिएमसी अटो  ट्रेडर्स पथरीमा

यामाहाको शोरुम – पिएमसी अटो  ट्रेडर्स पथरीमा

यामाहाको आधिकारिक वितरक पिएमसी अटो ट्रेडर्सले आजबाट औपचारीक रुपमा आफ्नो सेवा पथरी बजारमा शुरु गरेको छ । आज औपचारीक कार्यक्रमको आयोजना गर्दै पिएमसी अटो ट्रेडर्सले आफ्नो शोरुम र वर्कशपको उद्घाटन गरेको हो ।
जसबाट ग्राहकहरुले सेल्स, सर्भिस र पार्ट्सको सम्पूर्ण सुविधा लिन सकिने जनाइएको छ ।


नेपालमा यामाहाको सवारी विक्रि गर्ने एमएडब्लु ग्रुप अफ कम्पनीले पिएमसी अटो ट्रेडर्स मार्फत नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । आज सम्पन्न उद्घाटन समारोहमा पथरीशनिश्चरेका नगर प्रमुख मोहन कुमार तुम्बापो साथै अन्य राजनितीकर्मी, व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।

पथरीमा खोलिएको पिएमसी अटो ट्रेडर्सले धेरै भन्दा धेरै ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ । पिएमसी अटो ट्रेडर्सलाई पथरीका सफल व्यवसायी मान बहादुर श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् ।

नयाँ शोरुमबाट बिक्री र बिक्रीपछिको सम्पूर्ण सेवा उपलब्ध हुने सञ्चालक श्रेष्ठको भनाई छ ।
यामाहाको अत्याधुनिक र सुविधा सम्पन्न शोरुम सञ्चालनमा आएपछि ग्राहकहरुलाई नयाँ गाडी खरिद गर्न र बिक्रीपछिको सेवा पाउन सहज हुने विश्वास कम्पनीले लिएको छ ।
शोरुमले अन्य शोरुममा जस्तै आधुनिक प्रविधि एफ आइ स्टेशन मार्फत बाइक तथा स्कुटरको हेल्थ कार्ड मार्फत सेवा दिने बताइएको छ ।
साथै पिएमसी अटो ट्रेडर्सले आज उद्घाटनको अवसरमा ५० बढी यामाहाका मोटरसाइकल, स्कुटरको सहभागीतामा यामाहा रेसको आयोजना समेत गरेको थियो ।

सम्बन्धित खवर