फोहोरबाट उर्जा उत्पादन परियोजना कार्यालयको अध्ययन अनुगमन

फोहोरबाट उर्जा उत्पादन परियोजना कार्यालयको अध्ययन अनुगमन
पथरी, पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहन प्रसाद तुम्वापो र उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले संयुक्त रुपमा नेफ्ष्टइरा ईनर्जी प्रा.लि. रोहन ट्रेडर्स जेभी फोहोरबाट उर्जा उत्पादन परियोजना कार्यालयको अध्ययन अनुगमन गर्नुभएको छ ।
झापाको दमकमा अवस्थित सो प्रा.लि. को फोहोरबाट उर्जा उत्पादन परियोजनाको संभावव्यताको लागि अध्ययन अनुगमन गरिएको हो ।
नगरपालिकाका प्राविधिक टोली सहितको सो अध्ययन अनुगमनमा पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भीम राई र कर्मीचारीको पनि सहभागिता रहेको थियो । यस अनुगमनले नगरकाे फाेहाेर व्यवस्थापनलाई नयाँ प्रविधिसँग जाेड्न सक्ने देखिएकाे छ । हाल नगरकाे फाेहाेर वन क्षेत्रमा अव्यवस्थित रुपमा फालिदै आएकाे छ ।

सम्बन्धित खवर