सञ्चार क्लबको अध्यक्षमा कुमार खड्का निर्वाचित

सञ्चार क्लबको अध्यक्षमा कुमार खड्का निर्वाचित

उर्लाबारी, मोरङको उर्लाबारीमा अवस्थित सञ्चार क्लब नेपालको अध्यक्षमा कुमार खड्का निर्वाचित हुनुभएको छ ।

शनिवार भएको निर्वाचनमा खड्काले २१ मत ल्याएर बिजयी बन्नुभएको हो । खड्काले २१ मत पाउँदा अध्यक्षका उमेद्वार घनश्याम भण्डारीले १७र विजय धिमालले १ मत मत पाउनुभयो ।

महासचिव पदमा तिलक नेपालीले २३ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका प्रतिद्धन्द्धी प्रेम केडी भट्टराईले १६ मत पाउनुभयो ।

उपाध्यक्षमा सुमन घिमिरे, सचिबमा अर्जुन राई, कोषाध्यक्षमा ईश्वर दुलाल, सदस्यमा रेनुकादेवी निरौला र खड्ग बेदना सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सम्बन्धित खवर