एम्वुलेन्स सञ्चालन र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाको लागि सम्झौता

एम्वुलेन्स सञ्चालन र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाको लागि सम्झौता

पथरी, पथरी शनिश्चरे नगरपालिका र इन्ट्रा फाउण्डेन्सन नेपाल बीच एम्वुलेन्स सञ्चालन र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाको लागि सम्झौता भएको छ ।

आज परियोजना अन्तर्गतको एम्वुलेन्स नगरपालिकाद्वारा संचालित पथरी नगर अस्पतालको मातहतमा राखि शरणार्थी शिविरमा रहेका व्यक्तिहरुलाई लक्षित र प्राथमिकतामा राख्ने गरी सम्पूर्ण व्यवस्थापन र संचालनको लागि सम्झौता भएको हो ।

भुटानी शरणार्थी सहायता तथा विश्वव्यापी नेपाली भाषा, कला, संस्कृति सम्बद्र्धन तथा प्रवद्र्धन परियोजना अन्तर्गत एम्वुलेन्स सेवा स्वास्थ्य सेवा केन्द्रमा नै राख्ने गरी शरणार्थी शिविरमा रहेका व्यक्तिहरुलाई निःशुल्क सेवा उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख मोहनप्रसाद तुम्वापो र इन्ट्रा फाउण्डेनको तर्फबाट उपाध्यक्ष भूपालमान अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका गर्नुभएको छ । सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, इन्ट्रा फाउण्डेन नेपालका संयोजक राम बानिया, नेपाली कांग्रेस पथरीशनिश्चरेका सभापति रुपनाराण भट्टराई, नगरपालिकाका शिक्षा समिति सदस्य भद्रमान विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर