उत्कृष्ट सञ्चार माध्यम पुरस्कार प्रदेश दैनिकलाई

उत्कृष्ट सञ्चार माध्यम पुरस्कार प्रदेश दैनिकलाई

पथरी, यसवर्षको उत्कृष्ट सञ्चार माध्यम पुरस्कार प्रदेश दैनिक अनलाइनलाई प्रदान गरिएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिकाले वार्षिक रुपमा वितरण गर्दै आएको नगद २५ हजार राशीको सञ्चार माध्यम पुरस्कार २०८० प्रदेश दैनिकलाई प्रदान गरेको हो । सोमबार नगरको सभाहलमा एक कार्यक्रमका बिच नगर प्रमुख मोहन तुम्बापो, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी खरेल, लेखा अधिकृत पिताम्बर वस्ती, प्रत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई तथा कार्यपालिका सदस्यहरूको उपस्थितीमा सो पुरस्कार प्रदान गरिएको हो ।

यस्तै यसवर्ष मुहारचित्रबाट फिपराज बेघालाई सम्मान गरिएको छ । नगद २० हजार र मुहार चित्र सहित प्रत्येक वर्ष निरन्तर १५ वर्षदेखि पत्रकारितामा लागिरहने अग्रज पत्रकारलाई नगरले सम्मान गर्दै आएको छ । नगरमा बनेको सञ्चार माध्यम प्रवद्र्धन कार्यविधि २०७५ अनुसार प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको समितिले सम्मान तथा पुरस्कार कार्यक्रमको आयोजना गर्दै आएको छ ।

सम्बन्धित खवर