दिपेन्द्रराज तिम्सिनाको दशौँ किताब ‘‘माईखाेला देखि पुनर्वाससम्म’’ प्रकाशन

दिपेन्द्रराज तिम्सिनाको दशौँ किताब ‘‘माईखाेला देखि पुनर्वाससम्म’’ प्रकाशन

पथरी, खोजकर्ता तथा लेखक दिपेन्द्रराज तिम्सिनाको दशौँ किर्ती ‘‘माईखाेला देखि पुनर्वाससम्म’’ प्रकाशन भएको छ । तिम्सिना विगत ११ वर्षदेखि सकृय खोजकर्ताका रुपमा लागेका छन् । मोरङको पथरीशनिश्चरे १ निवासी तिम्सिनाको पहिलो पुस्तक टेलिफोन डायरी २०६८ मा प्रकाशन भएको थियो ।

तिम्सिनाका हालसम्म प्रकाशित पुस्तकहरु :
१. टेलिफोन डायरी २०६८
२. मोरङको सामुदायिक वन एक चिनारी २०६९
३. मोरङको क्षेत्र नं २ एक चिनारी २०७०
४. पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७
५. जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७
६. जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण २०७८
७. धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८
८. इतिहासमा पथरीशनिश्चरे २०७८
९. मोरङका जनप्रतिनिधि संङगालो २०७९ छन् भने दशौँ पुस्तक माईखाेला देखि पुनर्वाससम्म २०८० भर्खरै प्रकाशन भइ बजारमा आएको छ ।

किताब लेखनमा लाग्नु अघि पत्रकारिता पेशामा रहेका तिम्सिनाको अध्ययन विद्यालय तहको शिक्षा मात्रै हो तर विगत ११ वर्षदेखिको निरन्तर खोजमूलक किताब यात्रामा लागेका तिम्सिनाले किताब लेखेर राज्यलाई ठुलो गुण लगाएका छन् । किताबका लागि आवश्यक विषय वस्तु संकलनका लागि पैदलै हिड्ने, कतै टाढै पुग्नुपरे सार्वजनिक सवारी साधन चड्ने तिम्सिनाको मेहन देखेर जो कोही आश्चर्यमा पर्छन् ।

के के छन् ‘‘माईखाेला देखि पुनर्वाससम्म’’ मा
१. नेपाल भुटान गोरखा राज्यदेखिको सम्बन्ध ।
२. भुटानी राजाको जन्म नेपालमा ।
३. पृथ्वीनारायण शाहको जन्म भुटानी तान्त्रिक लामाद्वारा
४. हलेसी मन्दिर, गुरु पद्मसम्भवले जोडेको धार्मिक सम्बन्ध
५. भुटानमा भएको चर्चित हत्याकाण्डहरु ।
५. भुटानी सहिदहरु र राजबन्दिहरु
६. नेपाली भाषि भुटानी कसरी लखेटिएका थिए ।
७. माईखोला बगरमा सुरुको कष्टकरपुर्ण बसाइँ ।
८. माईखोलामा दैनिक ५० जना बढीको कहालीलाग्दो निधन ।
९. ७ वटा शिबिरको स्थापना ।
१०. स्वदेश फिर्तिको लागि भएको आन्दोलनहरु ।
११. भुटानी शरणार्थी कलाकार, पत्रकार, साहित्यकार
१२. नेपाल भुटान बिच भएको वार्ताहरु
१३. शरणार्थी शिबिरमा रहदाको कष्टकर बसाइँ ।
१४. पुनर्वासमा पुगेर चर्चित बनेका भुटानी शरणार्थीहरु
१५. विश्व चर्चित ११ शरणार्थीहरु
इतिहास, भाषा तथा साहित्य, संगित तथा खेलकुद, पुनर्वास, विश्व शरणार्थी र लेख रचना गरि ६ वटा खण्डमा बिभाजन गरिएको छ । यो किताबमा १३० वटा बिषयसूचि रहेको छ भने जम्मा ४०० पेजको किताब रहेको छ । भूटानी शरणार्थी र इतिहास पढ्न रुचाउनेहरूले एकपटक पढ्नै पर्ने किताब रहेको छ ‘माईखाेला देखि पुनर्वाससम्म’ ।

सम्बन्धित खवर