पथरी शनिश्चरे–४ को धानखेतबाट ठूलो परिमाणमा लागुऔषध बरामद

पथरी शनिश्चरे–४ को धानखेतबाट ठूलो परिमाणमा लागुऔषध बरामद

पथरीशनिश्चरे, मोरङ 
पथरी शनिश्चरे–४ स्थित एक धानखेतबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित तथा नियन्त्रित औषधि बरामद गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरी र प्रहरी चौकी कीर्तिपुरबाट खटिएको संयुक्त टोलीले मंसिर ४ गते परालले छोपेर लुकाइएका औषधि फेला पारेको हो।

प्रहरीका अनुसार उक्त स्थानबाट प्रतिबन्धित औषधि ट्रामाडोलका ४ हजार ९६० ट्याब्लेट तथा नियन्त्रित औषधि रेसिस्पासका ४ हजार ९५० ट्याब्लेट बरामद भएको छ। औषधि बेवारिसे अवस्थामा भेटिए पनि प्रारम्भिक अनुसन्धानका आधारमा यो ओसार–पसारमा संलग्न समूहले लुकाएर राखेको अनुमान गरिएको प्रहरीले जनाएको छ।

बरामद औषधि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएकाे इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। साथै, उक्त घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खवर